पाथीभरामा एकैदिन ११ हजार बढी दर्शनार्थी



ताप्लेजुङ, कात्तिक २८ गते । ताप्लेजुङमा अवस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरामा एकैदिन ११ हजार २७२ जना दर्शनार्थी पुगेका छन् । शनिबार एकैदिन उक्त सङ्ख्यामा भक्तजनले पाथीभरा मन्दिरमा दर्शन तथा पूजापाठ गरेका हुन् ।

पाथीभरा क्षेत्र विकास समितिका अनुसार यो सङ्ख्या यस वर्षकै सबैभन्दा बढी हो । यसअघि कात्तिक तेस्रो साता मंगलबार एकैदिन १० हजार ६१६ जना भक्तजनले पाथीभरा दर्शन गरेका थिए । कात्तिकको अन्तिम साता शनिबार दर्शनार्थीको सङ्ख्याले यसअघिको रेकर्ड तोडेको समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्बाङले जानकारी दिनुभयो ।

उहाँका अनुसार गत वर्ष नवरात्र सुरु भएसँगै पाथीभरामा दर्शनार्थीको चाप बढ्ने गरेको थियो । तर, यस वर्ष शुक्र अस्तलगायतका कारण लामो समयसम्म दर्शनार्थीको सङ्ख्या न्यून रहेको थियो । मौसमविद्ले देशभर वर्षा हुने पूर्वानुमान गर्दै टाढाको यात्रा नगर्न आग्रह गरेकाले पनि तीर्थयात्रीको आगमन प्रभावित भएको थियो ।

कात्तिक तेस्रो सातादेखि मौसममा सुधार आएपछि पाथीभरा दर्शनका लागि आउने भक्तजनको सङ्ख्या बढ्दै गएको समितिले जनाएको छ । समितिका अनुसार सोमबार तीन हजार ५९० र आइतबार ६४० जना भक्तजनले पाथीभरा दर्शन गरेका थिए ।

दर्शनार्थीको सङ्ख्या बढेसँगै स्थानीय होटल तथा यातायात व्यवसायीलाई व्यवस्थापनमा चुनौती थपिएको छ । भक्तजनको चापका कारण फुङलिङ बजार, सुकेटार, काफ्लेपाटी र माथिल्लो फेदीका होटल भरिभराउ भएका छन् ।

त्यस्तै, पाथीभरा दर्शनका लागि आउने तीर्थयात्रीको सङ्ख्या बढेपछि मेची राजमार्ग र तमोर करिडोरमा समेत सवारीसाधनको चाप बढेको छ ।

प्रकाशित मिति : 5:24 pm

पाथीभरामा एकैदिन ११ हजार बढी दर्शनार्थी

ताप्लेजुङ, कात्तिक २८ गते । ताप्लेजुङमा अवस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरामा

सीमा क्षेत्रका अपराध नियन्त्रणमा दुई जिल्लाबीच सहकार्य

ताप्लेजुङ, कात्तिक २८ गते । चीनसँग सीमा जोडिएका ताप्लेजुङ र

अन्तर्राष्ट्रिय आमन्त्रण सिरिजङ्गा गोल्डकपमा आठ टोली सहभागी हुने, कुन-कुन ?

ताप्लेजुङ, मङ्सिर २८ गते । ताप्लेजुङमा मङ्सिर २३ देखि २९

अलैँची पुरस्कारका लागि आठ टोली भिड्दै, खेल तालिका सार्वजनिक

ताप्लेजुङ, कात्तिक २६ गते । ताप्लेजुङको मिक्वाखोला गाउँपालिकामा आयोजना हुने

विपद् उद्धारको पूर्वतयारीका लागि सुरक्षा निकायको संयुक्त अभ्यास

ताप्लेजुङ, कात्तिक २० गते । ताप्लेजुङमा विपद्का समयमा हुन सक्ने