सीमा क्षेत्रका अपराध नियन्त्रणमा दुई जिल्लाबीच सहकार्य



ताप्लेजुङ, कात्तिक २८ गते । चीनसँग सीमा जोडिएका ताप्लेजुङ र सङ्खुवासभाका सुरक्षा अधिकारीबीच जिल्ला सुरक्षा समन्वय बैठक सम्पन्न भएको छ । शुक्रबार ताप्लेजुङको सदरमुकाम फुङलिङमा सम्पन्न बैठकले लागूऔषध नियन्त्रण, अवैध चोरी निकासी तथा आपराधिक गतिविधि नियन्त्रणमा दुवै जिल्लाबीच सहकार्य गर्ने निर्णय गरेको छ ।

बैठकले सीमा क्षेत्रबाट हुन सक्ने लागूऔषध ओसारपसार, अवैध चोरी निकासी तथा अन्य आपराधिक गतिविधि नियन्त्रणका लागि सूचना आदानप्रदान र आपसी समन्वयलाई प्रभावकारी बनाउने निष्कर्ष निकालेको ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी उमेशकुमार दाहालले जानकारी दिनुभयो ।

उहाँका अनुसार चीनसँग जोडिएका सीमा नाका प्रयोग गरी हुन सक्ने सम्भावित अवाञ्छित गतिविधि नियन्त्रण गर्न दुवै जिल्लाले आवश्यक सूचना एकअर्कालाई उपलब्ध गराउने सहमति भएको छ । त्यसैगरी, जिल्लामा प्रवेश गर्ने सीमानाका तथा सीमावर्ती क्षेत्रबाट हुन सक्ने आपराधिक गतिविधि नियन्त्रणका लागि सुरक्षा निकायबीच समन्वय बढाइने भएको छ ।

बैठकले विपद् व्यवस्थापनमा समेत संयुक्त रूपमा काम गर्ने निर्णय गरेको छ । विपद्का समयमा सीमावर्ती स्थानीय तह तथा जिल्लास्तरमा सूचना आदानप्रदान गरी उपलब्ध जनशक्ति, स्रोत र साधनको उपयोग गरेर उद्धार, राहत तथा प्रतिकार्यका काम गर्ने सहमति भएको छ ।

ताप्लेजुङ र सङ्खुवासभा एकआपसमा सीमा जोडिएका जिल्ला हुन् । दुवै जिल्ला छिमेकी मुलुक चीनसँग समेत सीमा जोडिएकाले सीमा सुरक्षा, अपराध नियन्त्रण र विपद् व्यवस्थापनमा आपसी समन्वय आवश्यक रहेको बैठकले निष्कर्ष निकालेको छ ।

बैठकमा दुवै जिल्लाका प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा जिल्लास्थित सुरक्षा निकायका प्रमुख तथा अधिकारीहरूको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : 12:18 pm

सीमा क्षेत्रका अपराध नियन्त्रणमा दुई जिल्लाबीच सहकार्य

ताप्लेजुङ, कात्तिक २८ गते । चीनसँग सीमा जोडिएका ताप्लेजुङ र

अन्तर्राष्ट्रिय आमन्त्रण सिरिजङ्गा गोल्डकपमा आठ टोली सहभागी हुने, कुन-कुन ?

ताप्लेजुङ, मङ्सिर २८ गते । ताप्लेजुङमा मङ्सिर २३ देखि २९

अलैँची पुरस्कारका लागि आठ टोली भिड्दै, खेल तालिका सार्वजनिक

ताप्लेजुङ, कात्तिक २६ गते । ताप्लेजुङको मिक्वाखोला गाउँपालिकामा आयोजना हुने

विपद् उद्धारको पूर्वतयारीका लागि सुरक्षा निकायको संयुक्त अभ्यास

ताप्लेजुङ, कात्तिक २० गते । ताप्लेजुङमा विपद्का समयमा हुन सक्ने

नेकपा एमाले ताप्लेजुङद्वारा शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न

ताप्लेजुङ, कात्तिक १९ गते । नेकपा एमाले ताप्लेजुङले विभिन्न चाडपर्वहरूको