ताप्लेजुङ, कात्तिक १९ गते । नेकपा एमाले ताप्लेजुङले विभिन्न चाडपर्वहरूको अवसरमा शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रमका गरेको छ । नेपालीहरूको महान पर्वहरू विजया दशमी, शुभ दीपावली, छठ, ल्होसार, चासोक तङनाम लगायतका सम्पूर्ण चार्डहरुको एकमुष्ट रुपमा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम गरेको हो ।
बिहीबार पार्टीका कार्यालयका सभाहलमा कार्यक्रमको आयोजना गरिएको एमाले ताप्लेजुङका कार्यवाहक अध्यक्ष दिपेन्द्र पोमु दिपेनले जानकारी दिनुभयो । उहाँका अनुसार नेता तथा कार्यकर्तासँग शुभकामना साटासाट, भेटघाट साथै आपसी सद्भाव, एकता, सहकार्य एवम् भाइचारा सम्बन्ध कायम गर्नका लागि कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रममा केन्द्र, प्रदेश, जिल्ला तथा पालिका स्तरीय नेता कार्यकर्ता, विभिन्न सङ्घसंस्थाका प्रतिनिधिको उपस्थिति रहेको थियो । कार्यक्रममा केन्द्रीय कमिटीका सदस्य तथा ताप्लेजुङ इन्चार्ज प्रदेशसभा सदस्य तिलकुमार मेन्याङबो लिम्बू, केन्द्रीय कमिटीका सदस्य तथा प्रतिनिधिसभा सदस्य क्षितिज थेवे, कोशी प्रदेश कमिटीका सचिवालय सदस्य तथा पाथीभरा याङवरक गाउँपालिका अध्यक्ष केशर कुमार सुब्बाले मन्तव्यको क्रममा आम नेता कार्यकर्ता तथा सम्पूर्ण नेपालीहरूमा शुभकामना अर्पण गर्नु भएको थियो ।
त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी ९राश्वपा० ताप्लेजुङका सचिव लिलाराज पौडेल, नेपाली काङ्ग्रेस ताप्लेजुङका सचिव तथा मेरिङदेन गाउँपालिकाका अध्यक्ष युकहाङबीर हाङगाम डम्बर, श्रम संस्कृति पार्टी ताप्लेजुङको संयोजक निमा तेन्जी शेर्पा, पाथीभरा बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष शिला इजम लगायतले शुभकामना अर्पण गर्नु भएको छ ।
नेकपा एमालेले विगत लामो समय अगाडिदेखि चाडपर्वका अवसरमा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम गर्दै आइरहेको छ ।






प्रतिक्रिया