दोभानका अग्निपीडितलाई रास्वपाको एक लाख ९२ हजार सहयोग



ताप्लेजुङ, कात्तिक १८ गते । ताप्लेजुङको मेरिङ्देन गाउँपालिका–३ दोभान बजारमा आगलागीबाट प्रभावित परिवारलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ताप्लेजुङले आर्थिक सहयोग गरेको छ ।

आगलागीबाट प्रभावित १६ घरपरिवारलाई प्रतिपरिवार १२ हजार रुपियाँका दरले कुल एक लाख ९२ हजार रुपियाँ राहतस्वरूप हस्तान्तरण गरिएको रास्वपा जिल्ला समिति सचिव लिलाराज पौडेलले जानकारी दिनुभयो ।

आगलागीबाट घर तथा सम्पत्तिमा क्षति व्यहोरेका परिवारलाई तत्कालीन राहतस्वरूप सहयोग रकम उपलब्ध गराइएको उहाँले बताउनुभयो । राहत वितरण कार्यक्रममा रास्वपाका केन्द्रीय सदस्य मिङ्मा डण्डु शेर्पासहित जिल्ला तथा प्रदेश तहका नेताहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रममा पार्टीका जिल्ला निर्वतमान सभापति वीरेन्द्र श्रेष्ठ, जिल्ला सभापति राजन गुरुङ, कोशी प्रदेश समिति सदस्य इन्दिरा मेन्याङ्बो तथा जिल्ला तहका अन्य नेताहरू सहभागी हुनुभएको थियो ।

राहत हस्तान्तरण कार्यक्रममा रास्वपाका केन्द्रीय सदस्य शेर्पाले आगलागीबाट प्रभावित परिवारको दुःखमा पार्टीको ऐक्यबद्धता रहेको बताउनुभयो । विपद्का कारण समस्यामा परेका परिवारलाई सहयोग गर्न पाउँदा खुसी लागेको उहाँको भनाइ थियो ।

“दुःखको यस घडीमा प्रभावित परिवारप्रति ऐक्यबद्धता व्यक्त गर्दै उहाँहरूको पीडामा सानो भए पनि साथ दिन पाउँदा खुसी छौँ,” शेर्पाले भन्नुभयो ।

गत असोज ८ गते दोभान बजारमा भएको आगलागीबाट १६ घरपरिवार प्रभावित भएका थिए । आगलागीबाट करिब १४ करोड ५६ लाख रुपियाँ बराबरको क्षति भएको थियो ।

आगलागीबाट विस्थापित परिवारलाई विभिन्न सङ्घसंस्था, सामाजिक संस्था तथा व्यक्तिहरूले सहयोग गर्दै आएका छन् ।

प्रकाशित मिति : 3:05 pm

दोभानका अग्निपीडितलाई रास्वपाको एक लाख ९२ हजार सहयोग

ताप्लेजुङ, कात्तिक १८ गते । ताप्लेजुङको मेरिङ्देन गाउँपालिका–३ दोभान बजारमा

पाथीभरा याङवरकद्धारा पाँच खेलका लागि खेल प्रशिक्षक छनोट

सौगात बिष्ट ताप्लेजुङ, कात्तिक १८ गते ।  ताप्लेजुङको पाथिभरा याङवरक

सिदिङ्वामा उत्पादित गोलभेँडा तराईका बजारमा निर्यात

ताप्लेजुङ, कात्तिक १७ गते । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकामा व्यावसायिक गोलभेँडा

पाथीभरामा एकै दिन १० हजार बढी तीर्थयात्री

ताप्लेजुङ, कात्तिक १७ गते । ताप्लेजुङस्थित प्रसिद्ध धार्मिक तथा पर्यटकीय

रेडक्रस ताप्लेजुङको कार्यालय प्रमुखमा अधिकारी

ताप्लेजुङ, कात्तिक १७ गते । नेपाल रेडक्रस सोसाइटी ताप्लेजुङको कार्यालय