चो घोण्डे समाजद्वारा अग्निपीडित गुरुङ परिवारलाई ६४ हजार बढी सहयोग



ताप्लेजुङ, कात्तिक १७ गते । ताप्लेजुङ चो घोण्डे समाजले आगलागीबाट पीडित फुङ्लिङ नगरपालिका–६ का गुरुङ परिवारलाई आर्थिक सहयोग गरेको छ ।

समाजका सदस्यहरूबाट स्वेच्छिक रूपमा सङ्कलन गरिएको ६४ हजार ८४६ रुपैयाँ अग्निपीडित कुलबहादुर गुरुङ र उहाँका छोरा अर्जुन गुरुङलाई हस्तान्तरण गरिएको हो ।

गत २०८३ असार ८ गते गुरुङ परिवारको मतान (भण्डार गृह) मा आगलागी हुँदा क्षति पुगेको थियो । आगलागीबाट पीडित परिवारलाई राहत पुर्‍याउने उद्देश्यले समाजका सदस्यहरूले स्वेच्छिक रूपमा रकम सङ्कलन गरेका हुन् ।

समाजले सङ्कलित रकम पीडित परिवारलाई हस्तान्तरण गर्दै सहयोग अभियानमा सहभागी भई आर्थिक सहयोग गर्ने कुलवंशका दाजुभाइप्रति आभार व्यक्त गरेको छ ।

आगलागी तथा विपद्का घटनामा पीडित परिवारलाई राहत र सहयोग पुर्‍याउन सामाजिक संस्थाहरूले गर्ने यस्ता सहयोगले पीडितलाई केही राहत पुग्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : 6:00 am

चो घोण्डे समाजद्वारा अग्निपीडित गुरुङ परिवारलाई ६४ हजार बढी सहयोग

ताप्लेजुङ, कात्तिक १७ गते । ताप्लेजुङ चो घोण्डे समाजले आगलागीबाट

खेबाङमा आजदेखि खेलकुद महोत्सव

ताप्लेजुङ, कात्तिक १६ गते । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका–५ खेबाङमा आजदेखि

ख्रीष्टियन लिम्बु समाज ताप्लेजुङद्धारा दोभान आगलागीपीडितलाई सिरक वितरण

ताप्लेजुङ, कात्तिक १६ गते । ताप्लेजुङको मेरिङ्देन गाउँपालिका–३ दोभान बजारमा

फुङ्लिङमा महागुरु फाल्गुनन्दको जन्मजयन्ती मनाइने

ताप्लेजुङ, कात्तिक १३ गते । ताप्लेजुङको फुङ्लिङमा राष्ट्रिय विभूति महागुरु

घरको रेलिङबाट लडेर एक जना घाइते

ताप्लेजुङ, कात्तिक १३ गते । ताप्लेजुङको फुङलिङ नगरपालिका–६ मा घरको