पाथीभरा याङ्वरकमा सम्पन्न आमन्त्रित खुला क्लबस्तरीय पुरुष फुटबलको उपाधि दरिम्बालाई



ताप्लेजुङ, कात्तिक १३ गते । ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिकामा सम्पन्न आमन्त्रित खुला क्लबस्तरीय पुरुष फुटबल प्रतियोगिताको उपाधि पाँचथरको दरिम्बा फुटबल क्लबले जितेको छ ।

सनलाइट युनाइटेड युथ क्लबको आयोजनामा बिहीबार सम्पन्न फाइनल खेलमा झापाको आदर्श मैदान एकेडेमीलाई २–० गोल अन्तरले पराजित गर्दै दरिम्बाले उपाधि हात पारेको हो ।

उपाधिसँगै दरिम्बाले एक लाख दुई हजार ८३ रुपियाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको खेल संयोजक तेजवीर मेन्याङ्बोले जानकारी दिनुभयो । उपविजेता आदर्श मैदान एकेडेमीले ५० हजार रुपियाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

दरिम्बाले सेमिफाइनलमा ताप्लेजुङको दोखु युवा क्लबलाई तथा आदर्श मैदान एकेडेमीले सिनामको तेल्लोक स्पोर्टिङ क्लबलाई पराजित गर्दै फाइनलमा स्थान बनाएका थिए ।

यसैगरी, महिलातर्फको उपाधि पाँचथरको लालिगुराँस फुटबल क्लबले जितेको छ । फाइनलमा ताप्लेजुङको हिमालय शेर्पा युथ क्लबलाई ३–० गोल अन्तरले पराजित गर्दै लालिगुराँसले उपाधि जितेको हो ।

महिलातर्फ विजेता लालिगुराँसले ४१ हजार रुपियाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता हिमालय शेर्पाले २१ हजार रुपियाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको क्लबका अध्यक्ष केशव पौडेलले जानकारी दिनुभयो ।

पाथीभरा याङ्वरक गाउँपालिकाको प्रशासकीय केन्द्र थेचम्बुमा कात्तिक ७ गतेदेखि सुरु भएको प्रतियोगितामा पुरुषतर्फ ११ र महिलातर्फ पाँच टोली सहभागी थिए । दसैँ–तिहारको अवसर पारेर आयोजना गरिएको प्रतियोगिता बिहीबार सम्पन्न भएको हो ।

प्रकाशित मिति : 11:08 am

प्रतिकूल मौसमबाट सतर्क रहन फक्ताङ्लुङको पर्यटक र नागरिकलाई आग्रह

ताप्लेजुङ, कात्तिक १३ गते । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकाले प्रतिकूल मौसमका

पाथीभरा याङ्वरकमा सम्पन्न आमन्त्रित खुला क्लबस्तरीय पुरुष फुटबलको उपाधि दरिम्बालाई

ताप्लेजुङ, कात्तिक १३ गते । ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिकामा सम्पन्न

चीन सरकारले दियो मेरिङ्देनलाई स्काभेटर 

ताप्लेजुङ, कात्तिक ११ गते । ताप्लेजुङको मेरिङ्देन गाउँपालिकाले चीन सरकारबाट

ताप्लेजुङ युके युवा समाजद्धारा क्यान्सर तथा मिर्गौला पीडितलाई आर्थिक सहयोग

ताप्लेजुङ, कात्तिक १० गते । ताप्लेजुङ युके युवा समाज बेलायतले

फङ्फङदेन झरना पर्यटन मेला मंसिर २ देखि, फुटबल विजेतालाई तीन लाख बराबरको अलैँची

ताप्लेजुङ, कात्तिक १० गते । ताप्लेजुङको मिक्वाखोला गाउँपालिकामा आयोजना हुने