चीन सरकारले दियो मेरिङ्देनलाई स्काभेटर 



ताप्लेजुङ, कात्तिक ११ गते । ताप्लेजुङको मेरिङ्देन गाउँपालिकाले चीन सरकारबाट करिब एक करोड ७० लाख रुपियाँ बराबरको स्काभेटर मेसिन अनुदानमा प्राप्त गरेको छ । गाउँपालिकाको पूर्वाधार विकास तथा सडक निर्माणका कामलाई तीव्रता दिने उद्देश्यले दुई वर्षदेखि गरिएको पहलपछि स्काभेटर प्राप्त भएको हो ।

गाउँपालिका अध्यक्ष युक हाङ विर हाङ्गाम (डम्बर) का अनुसार गाउँपालिकाले चीन सरकारसमक्ष स्काभेटर मेसिन उपलब्ध गराउन अनुरोध गरेको थियो । सोही अनुरोधअनुसार चीन सरकारबाट अनुदान सहयोग प्राप्त भएको उहाँले बताउनुभयो ।

गाउँपालिकाका उपाध्यक्ष दुर्गाहाङ सिरेङ चङ्बाङले बुधबार सिन्धुपाल्चोक जिल्लाको तातोपानी नाकामा आयोजित कार्यक्रममा सम्झौतापत्रमा हस्ताक्षर गर्दै स्काभेटर बुझ्नुभएको छ । उक्त मेसिन एक साताभित्र गाउँपालिकामा आइपुग्ने गाउँपालिका अध्यक्ष हाङ्गामले जानकारी दिनुभयो ।

भौगोलिक रूपमा विकट रहेको मेरिङ्देन गाउँपालिकामा सडक निर्माण, स्तरोन्नति तथा अन्य पूर्वाधार विकासका कामलाई प्रभावकारी बनाउन स्काभेटर उपयोगी हुने गाउँपालिकाले जनाएको छ । मेसिन उपलब्ध भएपछि ग्रामीण सडक विस्तार, सडक मर्मत तथा नयाँ सडक निर्माणका काममा सहजता आउने अपेक्षा गरिएको छ ।

गाउँपालिकाका विभिन्न बस्तीलाई सडक सञ्जालसँग जोड्न तथा स्थानीय बासिन्दाको आवागमन सहज बनाउन मेसिनले सहयोग पुग्ने अध्यक्ष हाङ्गामले बताउनुभयो । उहाँका अनुसार विकास निर्माणका कामलाई गति दिन र स्थानीय आवश्यकताअनुसार पूर्वाधार विस्तार गर्न स्काभेटरको अधिकतम सदुपयोग गरिनेछ ।

स्काभेटर प्राप्तिका लागि गरिएको पहलमा फक्ताङ्लुङ गाउँपालिका–७ का वडाध्यक्ष छेतेन शेर्पाले समन्वयमा सहयोग गर्नुभएको गाउँपालिकाले जनाएको छ ।

चीन सरकारबाट प्राप्त सहयोगले गाउँपालिकाको विकास निर्माणमा थप टेवा पुग्ने विश्वास व्यक्त गर्दै अध्यक्ष हाङ्गामले मेसिनको उचित उपयोग गरी सडक तथा अन्य पूर्वाधार विकासका कामलाई प्राथमिकताका साथ अघि बढाइने बताउनुभयो ।

प्रकाशित मिति : 4:15 pm

चीन सरकारले दियो मेरिङ्देनलाई स्काभेटर 

ताप्लेजुङ, कात्तिक ११ गते । ताप्लेजुङको मेरिङ्देन गाउँपालिकाले चीन सरकारबाट

ताप्लेजुङ युके युवा समाजद्धारा क्यान्सर तथा मिर्गौला पीडितलाई आर्थिक सहयोग

ताप्लेजुङ, कात्तिक १० गते । ताप्लेजुङ युके युवा समाज बेलायतले

फङ्फङदेन झरना पर्यटन मेला मंसिर २ देखि, फुटबल विजेतालाई तीन लाख बराबरको अलैँची

ताप्लेजुङ, कात्तिक १० गते । ताप्लेजुङको मिक्वाखोला गाउँपालिकामा आयोजना हुने

दोभानका आगलागी पीडितलाई ख्रीष्टियन समाजको तीन लाख ७६ हजार राहत

ताप्लेजुङ, कात्तिक २ गते । जिल्ला ख्रीष्टियन समाज ताप्लेजुङले दोभान

ताप्लेजुङमा तीन महिनामै एक करोड बढीको खाद्यान्न बिक्री

ताप्लेजुङ, असोज ३१ गते । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले