कांग्रेस ताप्लेजुङका नौ पालिकामा नेतृत्व चयन, दुईमा निर्वाचन



ताप्लेजुङ, असोज ९ गते । नेपाली काँग्रेस ताप्लेजुङले जिल्लाका नौवटै स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न गर्दै नयाँ नेतृत्व चयन गरेको छ। नौ स्थानीय तहमध्ये सात पालिकामा नेतृत्व सर्वसम्मत चयन भएको छ भने दुई पालिकामा निर्वाचनमार्फत नेतृत्व चयन गरिएको हो।

जिल्लाको एकमात्र नगरपालिका फुङ्लिङ नगरपालिकाको सभापतिमा विनोद गुरुङ सर्वसम्मत चयन हुनुभएको छ। यस्तै मिक्वाखोला गाउँपालिकामा पञ्च थलङ, आठराई त्रिवेणीमा सोम बिमली, फक्ताङलुङमा दिलकुमार लिम्बू, सिदिङ्वामा डेनी तामाङ, सिरिजङ्गामा पूर्णसिंह मावो लिम्बू र मैवाखोलामा टीकारा कार्की सभापतिमा सर्वसम्मत चयन हुनुभएको छ।

पाथीभरा याङवरक गाउँपालिकामा भने पालिका सभापतिका लागि निर्वाचन भएको थियो। नेपाल विद्यार्थी सङ्घका केन्द्रीय सदस्य राजकुमार कार्की (राज) र नेविसङ्घका कार्यवाहक जिल्ला अध्यक्ष अर्जुन खिम्दिङबीच भएको प्रतिस्पर्धामा खिम्दिङ चार मतको अन्तरले विजयी हुनुभएको हो।

त्यस्तै मेरिङ्देन गाउँपालिकाको सभापतिमा विशाल लङ्वा निर्वाचित हुनुभएको छ। लङ्वाले ६३ मत प्राप्त गर्दा उहाँका प्रतिस्पर्धी मेघराज चोङ्बाङले ४७ मत प्राप्त गर्दै १६ मतले पराजित हुनुभएको हो ।

यसअघि नेपाली काँग्रेसले जिल्लाका ६१ वटै वडामा सर्वसम्मत रूपमा नेतृत्व चयन गरी वडा अधिवेशन सम्पन्न गरिसकेको छ। वडा अधिवेशनबाट चयन भएका क्षेत्रीय प्रतिनिधिले सम्बन्धित वडा, पालिका र क्षेत्रीय कार्यसमिति चयन गर्नेछन्।

यिनै क्षेत्रीय प्रतिनिधि जिल्ला अधिवेशनका प्रतिनिधिसमेत हुने काँग्रेसले जनाएको छ। क्षेत्रीय प्रतिनिधिले महाधिवेशन प्रतिनिधि र महासमिति सदस्यसमेत चयन गर्नेछन्। पालिका अधिवेशनसँगै जिल्लामा काँग्रेसको आगामी जिल्ला अधिवेशनका लागि संगठनात्मक प्रक्रिया अघि बढेको छ।

प्रकाशित मिति : 7:06 am

कांग्रेस ताप्लेजुङका नौ पालिकामा नेतृत्व चयन, दुईमा निर्वाचन

ताप्लेजुङ, असोज ९ गते । नेपाली काँग्रेस ताप्लेजुङले जिल्लाका नौवटै

दोभान बजार आगलागी : आमा छोरा घाइते

ताप्लेजुङ असोज ९ गते । ताप्लेजुङको दोभान बजारमा बिहीबार दिउँसो

प्रतिकूल मौसमका कारण फक्ताङलुङका विद्यालय तीन दिन बन्द

ताप्लेजुङ, असोज ८ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले प्रतिकूल मौसमका

घुन्सा हेलिकोप्टर दुर्घटनाको दुई दशक : संरक्षणकर्मीको योगदान स्मरण

ताप्लेजुङ, असोज ७ गते । वातावरण तथा भू–संरक्षण क्षेत्रमा योगदान