मेरिङ्देनमा खोरेतविरुद्ध खोप अभियान



ताप्लेजुङ, असोज २ गते । ताप्लेजुङको मेरिङ्देन गाउँपालिकामा खोरेत रोग नियन्त्रणका लागि पहिलो चरणको खोप अभियान सञ्चालन हुने भएको छ । कोशी प्रदेश सरकारको घोषित खोरेत रोग नियन्त्रण कार्यक्रमअनुसार गाउँपालिकाका सबै वडामा पशुचौपायालाई खोरेतविरुद्धको खोप लगाउन लागिएको हो ।

गाउँपालिकाले सूचना जारी गर्दै भदौ २ गतेदेखि २० गतेसम्म चरणबद्ध रूपमा खोप अभियान सञ्चालन गर्ने जनाएको छ । अभियानअन्तर्गत गाउँपालिकाभित्र पशुपालन गर्दै आएका किसानले पशुचौपायालाई अनिवार्य रूपमा खोप लगाउनुपर्नेछ ।

खोरेत रोग नियन्त्रणका लागि गाई तथा भैँसी, भेडा तथा बाख्रा र सुुँगुरलाई खोप लगाइने गाउँपालिकाले जनाएको छ । पशुमा खोरेत रोगको सङ्क्रमण फैलिन नदिन खोप अभियान सञ्चालन गरिएको हो ।

गाउँपालिकाले प्रत्येक वडामा खोप लगाउने मिति र प्राविधिकको विवरणसमेत सार्वजनिक गरेको छ । वडा नं. १ नाल्बुमा असोज ८ देखि १० गतेसम्म राजन गुरुङले खोप लगाउनुहुनेछ । वडा नं. २ थुकिमामा असोज ११ देखि १२ गतेसम्म मनोज श्रेष्ठले सेवा दिनुहुनेछ ।

त्यस्तै, वडा नं. ३ लिङ्देपमा असोज १३ देखि १४ गतेसम्म काजी शेर्पा, वडा नं. ४ खाम्लुङमा असोज १५ देखि १६ गतेसम्म मनोज श्रेष्ठ र वडा नं. ५ थिङ्लाबुमा असोज १७ देखि १८ गतेसम्म चेतनाथ गुरुङले खोप लगाउनुहुनेछ । वडा नं. ६ सान्थाक्रामा असोज १९ देखि २० गतेसम्म सन्दिक्षा घर्ती मगरले खोप सेवा प्रदान गर्नुहुनेछ ।

गाउँपालिकाको पशु विकास शाखाले पशुपालक किसानलाई तोकिएको समयमा आफ्नो पशुचौपायालाई खोप लगाउन आग्रह गरेको छ । खोप अभियानसम्बन्धी थप जानकारीका लागि सम्बन्धित वडाका प्राविधिकसँग सम्पर्क गर्न सकिने गाउँपालिकाले जनाएको छ ।

प्रकाशित मिति : 5:24 pm

मेरिङ्देनमा खोरेतविरुद्ध खोप अभियान

ताप्लेजुङ, असोज २ गते । ताप्लेजुङको मेरिङ्देन गाउँपालिकामा खोरेत रोग

फुसको छाना हटाउन पाथीभरा याङवरकले आवेदन माग्यो

ताप्लेजुङ, असोज २ गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले फुसको

थेचम्बुमा निःशुल्क छारे रोगसम्बन्धी शिविर हुने

ताप्लेजुङ, असोज २ गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिका–२ थेचम्बुमा

पाथीभरामा भदौमा १३ लाख ६७ हजार भेटी सङ्कलन

ताप्लेजुङ, असोज १ गते । ताप्लेजुङस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा

पाथीभरा याङवरक छ विधाका खेल प्रशिक्षक नियुक्त गर्ने

ताप्लेजुङ, असोज १ गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले जिल्ला