तिम्बुङ पोखरी ट्रेल रनमा दुई पत्रकार पुरस्कृत



ताप्लेजुङ, भदौ २६ गते । तिम्बुङ पोखरी अन्तर्राष्ट्रिय ट्रेल रन (हाफ म्याराथन) प्रतियोगिताको अवसरमा दुई जना पत्रकार पुरस्कृत हुनुभएको छ। पर्यटन प्रवर्धनमा पत्रकारितामार्फत योगदान पु¥याएको भन्दै तिम्बुङ पोखरी पर्यटन विकास समितिले ताप्लेजुङका किशोरकुमार राई र पाँचथरका गिरीराज बाँस्कोटालाई पुरस्कृत गरेको हो।

समितिले दुवै जनालाई जनही ३० हजार रुपियाँ नगद र सम्मानपत्र प्रदान गरेको छ। प्रतिनिधिसभा सदस्य क्षितिज थेबे र सिदिङ्वा गाउँपालिका अध्यक्ष मानबहादुर राईलगायतले उहाँहरूलाई पुरस्कार तथा सम्मानपत्र प्रदान गर्नुभएको थियो।

पर्यटन प्रवर्धन र विकासमा पत्रकारितामार्फत पु¥याएको योगदानको मूल्याङ्कन गरी पुरस्कार प्रदान गरिएको समितिका अध्यक्ष अमिर राईले बताउनुभयो।

पुरस्कृत राई नेपाल पत्रकार महासङ्घ ताप्लेजुङ शाखाका पूर्वअध्यक्ष हुनुहुन्छ। लामो समय पत्रकारिता गर्नुभएका राई हाल शिक्षण पेसामा आबद्ध हुनुहुन्छ।

त्यस्तै, बाँस्कोटा नेपाल पत्रकार महासङ्घ पाँचथर शाखाका पूर्वअध्यक्ष हुनुहुन्छ। उहाँ हाल पत्रकारिता क्षेत्रमा क्रियाशील रहनुभएको छ।

तिम्बुङ पोखरी पर्यटन विकास समितिले तिम्बुङ पोखरी क्षेत्रको पर्यटन प्रवर्धन गर्ने उद्देश्यले ट्रेल रन प्रतियोगिता आयोजना गर्दै आएको छ। प्रतियोगितामार्फत तिम्बुङ पोखरीलाई पर्यटकीय गन्तव्यका रूपमा प्रवर्धन गर्ने आयोजकको उद्देश्य रहेको छ।

प्रकाशित मिति : 6:47 pm

चीन सरकारले दियो मेरिङ्देनलाई स्काभेटर 

ताप्लेजुङ, कात्तिक ११ गते । ताप्लेजुङको मेरिङ्देन गाउँपालिकाले चीन सरकारबाट

ताप्लेजुङ युके युवा समाजद्धारा क्यान्सर तथा मिर्गौला पीडितलाई आर्थिक सहयोग

ताप्लेजुङ, कात्तिक १० गते । ताप्लेजुङ युके युवा समाज बेलायतले

फङ्फङदेन झरना पर्यटन मेला मंसिर २ देखि, फुटबल विजेतालाई तीन लाख बराबरको अलैँची

ताप्लेजुङ, कात्तिक १० गते । ताप्लेजुङको मिक्वाखोला गाउँपालिकामा आयोजना हुने

दोभानका आगलागी पीडितलाई ख्रीष्टियन समाजको तीन लाख ७६ हजार राहत

ताप्लेजुङ, कात्तिक २ गते । जिल्ला ख्रीष्टियन समाज ताप्लेजुङले दोभान

ताप्लेजुङमा तीन महिनामै एक करोड बढीको खाद्यान्न बिक्री

ताप्लेजुङ, असोज ३१ गते । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले