तिम्बुङ पोखरी ट्रेल रनमा दुई पत्रकार पुरस्कृत



ताप्लेजुङ, भदौ २६ गते । तिम्बुङ पोखरी अन्तर्राष्ट्रिय ट्रेल रन (हाफ म्याराथन) प्रतियोगिताको अवसरमा दुई जना पत्रकार पुरस्कृत हुनुभएको छ। पर्यटन प्रवर्धनमा पत्रकारितामार्फत योगदान पु¥याएको भन्दै तिम्बुङ पोखरी पर्यटन विकास समितिले ताप्लेजुङका किशोरकुमार राई र पाँचथरका गिरीराज बाँस्कोटालाई पुरस्कृत गरेको हो।

समितिले दुवै जनालाई जनही ३० हजार रुपियाँ नगद र सम्मानपत्र प्रदान गरेको छ। प्रतिनिधिसभा सदस्य क्षितिज थेबे र सिदिङ्वा गाउँपालिका अध्यक्ष मानबहादुर राईलगायतले उहाँहरूलाई पुरस्कार तथा सम्मानपत्र प्रदान गर्नुभएको थियो।

पर्यटन प्रवर्धन र विकासमा पत्रकारितामार्फत पु¥याएको योगदानको मूल्याङ्कन गरी पुरस्कार प्रदान गरिएको समितिका अध्यक्ष अमिर राईले बताउनुभयो।

पुरस्कृत राई नेपाल पत्रकार महासङ्घ ताप्लेजुङ शाखाका पूर्वअध्यक्ष हुनुहुन्छ। लामो समय पत्रकारिता गर्नुभएका राई हाल शिक्षण पेसामा आबद्ध हुनुहुन्छ।

त्यस्तै, बाँस्कोटा नेपाल पत्रकार महासङ्घ पाँचथर शाखाका पूर्वअध्यक्ष हुनुहुन्छ। उहाँ हाल पत्रकारिता क्षेत्रमा क्रियाशील रहनुभएको छ।

तिम्बुङ पोखरी पर्यटन विकास समितिले तिम्बुङ पोखरी क्षेत्रको पर्यटन प्रवर्धन गर्ने उद्देश्यले ट्रेल रन प्रतियोगिता आयोजना गर्दै आएको छ। प्रतियोगितामार्फत तिम्बुङ पोखरीलाई पर्यटकीय गन्तव्यका रूपमा प्रवर्धन गर्ने आयोजकको उद्देश्य रहेको छ।

प्रकाशित मिति : 6:47 pm

तिम्बुङ पोखरी ट्रेल रनमा दुई पत्रकार पुरस्कृत

ताप्लेजुङ, भदौ २६ गते । तिम्बुङ पोखरी अन्तर्राष्ट्रिय ट्रेल रन

तिम्बुङ अन्तर्राष्ट्रिय ट्रेल रनमा सञ्जय राई प्रथम

ताप्लेजुङ, भदौ २६ गते । तेस्रो अन्तर्राष्ट्रिय तिम्बुङ ट्रेल रन

स्थापना दिवसमा याःलाङ (फोटो फिचर) 

ताप्लेजुङ, भदौ २१ गते । किराँत याक्थुङ चुम्लुङको ३८ औँ

प्रेस युनियन ताप्लेजुङको अध्यक्षमा फुरुम्बो

ताप्लेजुङ, भदौ २१ गते । नेपाल प्रेस युनियन ताप्लेजुङको अध्यक्षमा

ताप्लेजुङ गोल्डकपको भाग्यमानी दर्शक विशाल लिम्बू 

ताप्लेजुङ, भदौ २० गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिकाका विशाल लिम्बू