स्थापना दिवसमा याःलाङ (फोटो फिचर) 



ताप्लेजुङ, भदौ २१ गते । किराँत याक्थुङ चुम्लुङको ३८ औँ स्थापना दिवस तथा लाखे पर्वको अवसरमा ताप्लेजुङमा याःलाङ (धान नाच) कार्यक्रम सम्पन्न भएको छ । किरात याक्थुङ चुम्लुङ जिल्ला शाखाको आयोजनामा शनिबार फुङ्लिङ बजारस्थित तेक्मेडाँडामा याःलाङ सम्पन्न भएको हो । 

याःलाङमा स्थानीय याक्थुङ समुदाय साथै उपस्थित अतिथिहरूले परम्परागत रूपमा हात समाउँदै नाच प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा कोशी प्रदेश सरकारका पूर्व उद्योग, कृषि तथा सहकारीमन्त्री खगेनसिंह हाङ्गाम प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो । 

यस्तै मिक्वाखोला गाउँपालिकाका अध्यक्ष भक्तबहादुर कार्की, प्रमुख जिल्ला अधिकारी उमेशकुमार दाहाल, जिल्लास्थित सुरक्षा निकायका प्रमुखलगायतको उपस्थिति रहेको थियो । याःलाङ याक्थुङ समुदायको मौलिक सांस्कृतिक पहिचानका रूपमा रहेको छ ।

विशेषगरी सुख, दुःख, उत्सव तथा विभिन्न सांस्कृतिक अवसरमा सामूहिक रूपमा प्रस्तुत गरिने याःलाङले समुदायमा आपसी सद्भाव, एकता र भाइचाराको भावना अभिवृद्धि गर्ने विश्वास गरिन्छ ।

किरात याक्थुङ चुम्लुङ जिल्ला शाखाका सचिव सरोज कङलिबाका अनुसार स्थापना दिवस तथा लाखे पर्वको अवसर पारेर याक्थुङ समुदायको मौलिक भाषा, संस्कार, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।

उहाँका अनुसार नयाँ पुस्तालाई याक्थुङ समुदायको मौलिक संस्कृति र परम्परासँग जोड्दै लैजान यस्ता सांस्कृतिक कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्नेछ । कार्यक्रममा सहभागीहरूले मौलिक भेषभुषासहित याःलाङ प्रस्तुत गरेका थिए ।

प्रकाशित मिति : 7:00 am

स्थापना दिवसमा याःलाङ (फोटो फिचर) 

ताप्लेजुङ, भदौ २१ गते । किराँत याक्थुङ चुम्लुङको ३८ औँ

प्रेस युनियन ताप्लेजुङको अध्यक्षमा फुरुम्बो

ताप्लेजुङ, भदौ २१ गते । नेपाल प्रेस युनियन ताप्लेजुङको अध्यक्षमा

ताप्लेजुङ गोल्डकपको भाग्यमानी दर्शक विशाल लिम्बू 

ताप्लेजुङ, भदौ २० गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिकाका विशाल लिम्बू

ताप्लेजुङ गोल्डकपको उपाधि सलहेशलाई

ताप्लेजुङ, भदौ १९ गते । अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकप

ताप्लेजुङ गोल्डकप : उपाधिका लागि सलहेश र पाँचथरको प्रतिस्पर्धा

ताप्लेजुङ, भदौ १८ गते । अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकप