भोटेकोशी नदीमा ताप्लेजुङका पाँच जना बेपत्ता 



ताप्लेजुङ, भदौ ११ गते । रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण ताप्लेजङका सम्पर्कविहीन हुनेको सङ्ख्या पाँच जना पुगेको छ । फुङलिङ नगरपालिका–९ हाङदेवाका दुर्गा भट्टराई ९दिवस० सम्पर्कविहीन हुनुभए सँगै पाँच जना पुगेको हो । 

दिवस अहिलेसम्म सम्पर्कमा नरहेको भन्दै उहाँका आफन्तजनले खोजीका लागि आह्वान गर्नु भएको छ । दिवसका भाइ निमेषका अनुसार बुधवार बिहान ८ः३० बजे पर्यटक लिएर दिवस चीनको सीमा क्षेत्रमा पुगेको र त्यसपछि सम्पर्क हुन सकिरहेको छैन । 

यसअघि आठराई त्रिबेणी गाउँपालिका–१ निघुरादिनका तीन जना र पाथीभरा याङवरक गाउँपालिकाका–२ थेचम्बूका एक जना अहिलेसम्म सम्पर्कमा नआएको स्थानीयले जानकारी दिएका थिए । आठराई त्रिबेणी गाउँ कार्यपालिका सदस्य शान्ता गुरुङका अनुसार निघुरादिनका पासाङतेञ्जी शेर्पा, ङिमासाङ्गे शेर्पा र पासाङ शेर्पा अशिलेसम्म परिवारको सम्पर्कमा हुनुहुन्न । उहाँहरु रसुवास्थित जलविद्युत परियोजनामा काम गर्न गएको तर कुन जलविद्युत भन्ने थाह नभएको कार्यपालिका सदस्य गुरुङले जानकारी दिनुभयो ।

यस्तै नुवाकोटस्थित त्रिशुली– ३ बी जलविद्युत परियोजनामा कार्यरत पाथीभरा याङवरक गाउँपालिका –२ थेचम्बुका भीष्म चापागाईँ बेपत्ता हुनु भएको छ । यता ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी उमेशकुमार दाहालले बिहीबार एक सूचना जारी गर्नुहुँदै रसुवा, नुवाकोट लगायतको भोटेकोशीमा आएको बाढीका कारण जिल्लावासी कोही सम्पर्कविहीन भएको भए खबर गर्न आग्रह गर्नुभएको छ ।

प्रकाशित मिति : 6:56 pm

दिनेश खातीको नेतृत्वमा दलित मोर्चा गठन

ताप्लेजुङ, असोज २६ गते । ताप्लेजुङमा नेपाल दलित मोर्चाको जिल्ला

दोभान आगलागीपीडितलाई पाँच लाख ६० हजार राहत

ताप्लेजुङ, असोज २२ गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिका–३, दोभान बजारमा

फुङलिङमा सीमा सुरक्षा बैठक हुँदै

ताप्लेजुङ, असोज २२ गते । ताप्लेजुङ र चीनको स्वशासित क्षेत्र

सडक स्तरोन्नतिपछि मैवाखोलामा नयाँ भाडादर कायम

ताप्लेजुङ, असोज २२ गते । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले सार्वजनिक सवारी

दोभान बजारका आगलागी पीडितलाई नेवा : समाजको राहत

ताप्लेजुङ, असोज २१ गते । ताप्लेजुङ नेवा : समाज काठमाडौंले