तेस्रो तिम्बुङ पोखरी ट्रेल रन प्रतियोगिता भदौ २४ गते, पुरस्कार राशि वृद्धि



ताप्लेजुङ, भदौ १० गते । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकामा तेस्रो तिम्बुङ पोखरी ट्रेल रन प्रतियोगिता आगामी भदौ २४ गते सञ्चालन हुने भएको छ । तिम्बुङ पोखरीको पर्यटकीय क्षेत्रको प्रचार र प्रवर्द्धनका लागि ट्रेल रन प्रतियोगिता सञ्चालन हुने भएको हो ।

तेस्रो तिम्बुङ पोखरी ट्रेल रन प्रतियोगिताको पुरस्कार राशि वृद्धि गरिएको आयोजक तिम्बुङ पोखरी संरक्षण तथा संवर्द्धन समितिका अध्यक्ष अमिर राईले जानकारी दिनुभयो । उहाँका अनुसार यस वर्ष खुल्ला र महिलातर्फका विजेतालाई समान पुरस्कार प्रदान गरिने छ ।

समितिका अध्यक्ष अमिर राईका अनुसार खुल्लातर्फ प्रथम हुनेले ८३ हजार ५२५, दोस्रोले ६३ हजार ५२५ र तेस्रो हुनेले ४३ हजार ५२५ रुपियाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् । महिलातर्फ प्रथम र दोस्रो हुनेले क्रमशः ८३ हजार ५२५ र ६३ हजार ५२५ रुपियाँसहित समान सम्मान पाउनेछन् ।

सिदिङ्वा गाउँपालिकाभित्रका बासिन्दाका लागि आयोजना हुने स्थानीयतर्फ प्रथम हुनेले ३३ हजार ५२५ रुपियाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । पहिलो र दोस्रो संस्करणमा खुल्लातर्फ प्रथम, दोस्रो र तेस्रोले क्रमशः ५० हजार, ३५ हजार र २० हजार रुपियाँ पाएका थिए । महिलातर्फ प्रथमलाई २५ हजार र स्थानीयतर्फ प्रथमलाई १५ हजार रुपियाँ पुरस्कार प्रदान गरिएको थियो ।

प्रतियोगिताको कुल दूरी २१ किलोमिटर हुनेछ । तिम्बुङ पोखरी क्षेत्रबाट सुरु हुने दौड पाङदुवा हुँदै ठूलो भञ्ज्याङसम्म पुगेर पूरा हुनेछ । समुद्री सतहबाट ४ हजार ३५० मिटर उचाइमा रहेको तिम्बुङ पोखरी क्षेत्रलाई पदमचाल अर्थात् केञ्जोको राजधानीका रूपमा प्रचार गर्न प्रतियोगितालाई निरन्तरता दिइएको अध्यक्ष राईले बताउनुभयो ।

प्रतियोगितासँगै याक–चौंरी प्रदर्शनी, केलाङ नृत्य तथा पर्यटन क्षेत्रको भ्रमणसमेत आयोजना गरिनेछ । पर्यटन प्रवद्र्धनमा योगदान पु¥याउने ताप्लेजुङ र पाँचथरका एक पत्रकारलाई ३० हजार रुपियाँको पर्यटन पत्रकारिता पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रकाशित मिति : 6:28 am

तेस्रो तिम्बुङ पोखरी ट्रेल रन प्रतियोगिता भदौ २४ गते, पुरस्कार राशि वृद्धि

ताप्लेजुङ, भदौ १० गते । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकामा तेस्रो तिम्बुङ

आठराई त्रिवेणीका सबै वडामा बर्थिङ सेन्टर सञ्चालन

ताप्लेजुङ, भदौ ९ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाका पाँचवटै

ताप्लेजुङ गोल्डकप : भाग्यशाली एक जना दर्शकले स्कुटर पाउने

ताप्लेजुङ, भदौ ७ गते । अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकपको

सद्भाव र विश्वशान्तिको कामना गर्दै मुक्कुमलुङ साहित्यिक पदयात्रा

ताप्लेजुङ, भदौ ७ गते । ताप्लेजुङमा साहित्यको माध्यमबाट आपसी सद्भाव,

मुक्कुमलुङ साहित्यिक प्रतिष्ठानको अध्यक्षमा हेल्लोक

ताप्लेजुङ, भदौ ७ गते । मुक्कुमलुङ साहित्यिक प्रतिष्ठानको अध्यक्षमा मनिष