सवारी कारबाहीबाट ८ लाख ७ हजार बढी राजश्व सङ्कलन 



ताप्लेजुङ, साउन ३ गते । ताप्लेजुङमा सवारी कारबाहीबाट ८ लाख ७ हजार बढी राजश्व सङ्कलन भएको छ । आर्थिक वर्ष २०८२–८३ मा सवारी कारबाहीबाट ८ लाख ७ हजार ५ सय रुपैयाँ राजश्व सङ्कलन भएको हो । 

उक्त अवधिमा ३६ वटा ट्रक, ७ वटा बस, २ सय ६२ वटा कार र जिप, ४६ वटा ट्रयाक्टर, ४ सय ६२ वटा मोटरसाइकल, ३३ वटा सफारी र अन्य एक सवारी कारबाहीमा परेको ट्राफिक प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी सहायक हवल्दार सुवास काम्वाङले जानकारी दिनुभयो । उहाँका अनुसार आर्थिक वर्ष २०८१–८२ मा १ हजार ५७ वटा सवारीमाथि कारबाही गरेको थियो । उक्त कारबाहीका क्रममा ८ लाख ३१ हजार ५ सय रुपैयाँ राजश्व असुली भएको थियो ।

यस्तै सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ । जसमा ५९ जना घाइते भएका छन् । यो सँगै सोही आर्थिक वर्षमा आवश्यक कागजात नभएका ५ वटा सवारी साधन नियन्त्रण लिइ आवश्यक कारबाहीका लागि राजश्व कार्यालय पठाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । 

प्रकाशित मिति : 6:20 am

सिदिङवा गाउँपालिकालाई केन्जोको राजधानी दाबी गर्ने

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको सिदिङवा गाउँपालिकाको १९३ औँ

बेपत्ता भएको छ दिनपछि महिला मृत फेला

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–१ निगुरादिनकी

अमिर राई सिदिङवाको पर्यटन दूत घोषित

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको सिदिङवा गाउँपालिकाले पर्यटन व्यवसायी

तिम्बुङ पोखरी ट्रेल रनमा दुई पत्रकार पुरस्कृत

ताप्लेजुङ, भदौ २६ गते । तिम्बुङ पोखरी अन्तर्राष्ट्रिय ट्रेल रन

तिम्बुङ अन्तर्राष्ट्रिय ट्रेल रनमा सञ्जय राई प्रथम

ताप्लेजुङ, भदौ २६ गते । तेस्रो अन्तर्राष्ट्रिय तिम्बुङ ट्रेल रन