तिम्बुङ अन्तर्राष्ट्रिय ट्रेल रनमा सञ्जय राई प्रथम



ताप्लेजुङ, भदौ २६ गते । तेस्रो अन्तर्राष्ट्रिय तिम्बुङ ट्रेल रन प्रतियोगिताको पुरुष खुल्लातर्फ इलामका सञ्जय राईले उपाधि जित्नु भएको छ | उहाँले २१ किलोमिटर दूरी १ घण्टा २४ मिनेट ३२ सेकेन्डमा पूरा गर्दै प्रथम स्थान हासिल गर्नु भएको हो ।

उपाधिसँगै राईले ८३ हजार ५२५ रुपियाँ नगद पुरस्कार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नुभयो । यस्तै सोलुखुम्बुका अर्जुन कुलुङ राईले १ घण्टा २६ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै दोस्रो स्थान हासिल गर्नुभयो । उहाँले ६३ हजार ५२५ रुपियाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नु भयो ।

त्यस्तै, ताप्लेजुङको मिक्वाखोलाका फुर्वा लाक्पा शेर्पाले १ घण्टा २७ मिनेट ४५ सेकेन्डमा दौड पूरा गर्दै तेस्रो हुनुभयो । शेर्पाले ४३ हजार ५२५ रुपियाँ नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको आयोजक तिम्बुङ पोखरी पर्यटन प्रबर्द्धन समितिका अध्यक्ष अमिर राईले बताउनुभयो ।

उहाँका अनुसार महिलातर्फ डोल्पाकी सुनसरी रोक्का (कमला) क्षेत्री विजेता बन्नुभयो । उहाँले १ घण्टा ४६ मिनेटमा २१ किलोमिटर दूरी पार गर्नुभएको थियो । विजेता क्षेत्रीले पुरुष विजेतासरह ८३ हजार ५२५ रुपियाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नु भएको छ । यस्तै पाँचथरकी सम्झना लिम्बूले १ घण्टा ४९ मिनेटमा दौड पूरा गर्दै दोस्रो स्थान हासिल गर्नु भएको आयोजकको भनाई छ । उहाँले ६३ हजार ५२५ रुपैयाँ पुरस्कार प्राप्त गर्नु भएको छ । महिलातर्फ प्रथम र दोस्रो स्थानका लागि मात्रै पुरस्कारको व्यवस्था गरिएको थियो ।

सिदिङ्वा गाउँपालिकाभित्रका धावकलाई सहभागी गराइएको स्थानीय ट्रेल रनमा वडा नम्बर १ कालिखोलाका भरत बानियाँ प्रथम हुनु भएको छ । बाँनियाले १ घण्टा ३९ मिनेटमा दूरी पूरा गर्दै ३३ हजार ५२५ रुपियाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र हात पार्नु भएको छ ।

कार्यक्रममा प्रतिनिधिसभा सदस्य क्षितिज थेबे, सिदिङ्वा गाउँपालिका अध्यक्ष मानबहादुर राई, आठराई त्रिवेणी गाउँपालिका अध्यक्ष दीपेन्द्र पोमू (दीपेन), प्रमुख जिल्ला अधिकारी उमेशकुमार दाहाललगायतले पुरस्कार प्रदान गर्नु भएको थियो ।

प्रकाशित मिति : 6:18 pm

तिम्बुङ पोखरी ट्रेल रनमा दुई पत्रकार पुरस्कृत

ताप्लेजुङ, भदौ २६ गते । तिम्बुङ पोखरी अन्तर्राष्ट्रिय ट्रेल रन

तिम्बुङ अन्तर्राष्ट्रिय ट्रेल रनमा सञ्जय राई प्रथम

ताप्लेजुङ, भदौ २६ गते । तेस्रो अन्तर्राष्ट्रिय तिम्बुङ ट्रेल रन

स्थापना दिवसमा याःलाङ (फोटो फिचर) 

ताप्लेजुङ, भदौ २१ गते । किराँत याक्थुङ चुम्लुङको ३८ औँ

प्रेस युनियन ताप्लेजुङको अध्यक्षमा फुरुम्बो

ताप्लेजुङ, भदौ २१ गते । नेपाल प्रेस युनियन ताप्लेजुङको अध्यक्षमा

ताप्लेजुङ गोल्डकपको भाग्यमानी दर्शक विशाल लिम्बू 

ताप्लेजुङ, भदौ २० गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिकाका विशाल लिम्बू