भारी वर्षाको सम्भावित जोखिमलाई मध्यनजर गर्दै ताप्लेजुङमा उच्च सतर्कता अपनाउन आग्रह



ताप्लेजुङ, साउन २ गते । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले भारी वर्षाको सम्भावित जोखिमलाई मध्यनजर गर्दै जिल्लावासीलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । ताप्लेजुङ अति जोखिमयुक्त क्षेत्रमा रहेकाले साउन आइतबार र सोमबार दुई दिन आवश्यक सावधानी अपनाउन अनुरोध गरेको हो ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानका आधारमा दुई दिन आवश्यक सावधानी अपनाउन अनुरोध गरिएको प्रमुख जिल्ला अधिकारी उमेश हाम दाहालले जानकारी दिनुभयो । यस्तै प्रशासनले एक सूचना जारी गर्दै निरन्तर वा अति भारी वर्षाका कारण अचानक बाढी, पहिरो, भू–कटान, गेग्रान बहाव तथा डुबानको जोखिम उच्च रहने भएकाले अत्यावश्यक कामबाहेक घरदेखि टाढा तथा विशेषगरी रातिको समयमा यात्रा नगर्न प्रशासनले आग्रह गरेको छ । 

मौसम प्रतिकूल बनेमा रातिको समयमा सवारी आवागमनसमेत रोक्न सकिने जनाइएको छ। यात्रा गर्नुअघि सुरक्षा निकायसँग समन्वय गर्न तथा सवारी साधन सावधानीपूर्वक सञ्चालन गर्न पनि अनुरोध गरिएको छ । साथै जिल्लाका जोखिमयुक्त राजमार्ग तथा सडकमा डोजर, एक्साभेटर, लोडरलगायतका उपकरण तयारी अवस्थामा राख्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ । 

यो सँगै सबै सुरक्षा निकाय, स्थानीय तह, स्वयंसेवक तथा सरोकारवाला निकायलाई विपद् प्रतिकार्यका लागि पूर्ण तयारी अवस्थामा रहन आग्रह गरिएको छ ।

प्रकाशित मिति : 7:47 pm

ताप्लेजुङ गोल्डकपको भाग्यमानी दर्शक विशाल लिम्बू 

ताप्लेजुङ, भदौ २० गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिकाका विशाल लिम्बू

ताप्लेजुङ गोल्डकपको उपाधि सलहेशलाई

ताप्लेजुङ, भदौ १९ गते । अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकप

ताप्लेजुङ गोल्डकप : उपाधिका लागि सलहेश र पाँचथरको प्रतिस्पर्धा

ताप्लेजुङ, भदौ १८ गते । अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकप

ताप्लेजुङ गोल्डकप : पाँचथर फाइनलमा प्रवेश

ताप्लेजुङ, भदौ १७ गते । पाँचथरको फिदिम स्पोर्टिङ क्लब अन्तर्राष्ट्रिय

ताप्लेजुङ गोल्डकप : फाइनलका लागि झापा–११ र पाँचथरको प्रतिस्पर्धा

ताप्लेजुङ, भदौ १७ गते । अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकप