भारी वर्षाको सम्भावित जोखिमलाई मध्यनजर गर्दै ताप्लेजुङमा उच्च सतर्कता अपनाउन आग्रह



ताप्लेजुङ, साउन २ गते । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले भारी वर्षाको सम्भावित जोखिमलाई मध्यनजर गर्दै जिल्लावासीलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । ताप्लेजुङ अति जोखिमयुक्त क्षेत्रमा रहेकाले साउन आइतबार र सोमबार दुई दिन आवश्यक सावधानी अपनाउन अनुरोध गरेको हो ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानका आधारमा दुई दिन आवश्यक सावधानी अपनाउन अनुरोध गरिएको प्रमुख जिल्ला अधिकारी उमेश हाम दाहालले जानकारी दिनुभयो । यस्तै प्रशासनले एक सूचना जारी गर्दै निरन्तर वा अति भारी वर्षाका कारण अचानक बाढी, पहिरो, भू–कटान, गेग्रान बहाव तथा डुबानको जोखिम उच्च रहने भएकाले अत्यावश्यक कामबाहेक घरदेखि टाढा तथा विशेषगरी रातिको समयमा यात्रा नगर्न प्रशासनले आग्रह गरेको छ । 

मौसम प्रतिकूल बनेमा रातिको समयमा सवारी आवागमनसमेत रोक्न सकिने जनाइएको छ। यात्रा गर्नुअघि सुरक्षा निकायसँग समन्वय गर्न तथा सवारी साधन सावधानीपूर्वक सञ्चालन गर्न पनि अनुरोध गरिएको छ । साथै जिल्लाका जोखिमयुक्त राजमार्ग तथा सडकमा डोजर, एक्साभेटर, लोडरलगायतका उपकरण तयारी अवस्थामा राख्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ । 

यो सँगै सबै सुरक्षा निकाय, स्थानीय तह, स्वयंसेवक तथा सरोकारवाला निकायलाई विपद् प्रतिकार्यका लागि पूर्ण तयारी अवस्थामा रहन आग्रह गरिएको छ ।

प्रकाशित मिति : 7:47 pm

दोभानका आगलागी पीडितलाई ख्रीष्टियन समाजको तीन लाख ७६ हजार राहत

ताप्लेजुङ, कात्तिक २ गते । जिल्ला ख्रीष्टियन समाज ताप्लेजुङले दोभान

ताप्लेजुङमा तीन महिनामै एक करोड बढीको खाद्यान्न बिक्री

ताप्लेजुङ, असोज ३१ गते । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले

फक्ताङलुङमा हिमाली बस्तीमै पुगेर पशु स्वास्थ्य सेवा

ताप्लेजुङ, असोज २९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले भौगोलिक रूपमा

रास्वपाले ताप्लेजुङमा एक्सन टिम गठन गर्‍यो

ताप्लेजुङ असोज २७ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ताप्लेजुङले

कञ्चनजङ्घामा पर्यटकको चहलपहल बढ्यो

ताप्लेजुङ, असोज २७ गते । ताप्लेजुङमा अवस्थित विश्वको तेस्रो अग्लो