अनुमति बिना ड्रोन नउडाउन आग्रह



ताप्लेजुङ, असार २६ गते । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले कानुनी प्रक्रिया पूरा नगरी तथा पूर्वस्वीकृति नलिई ड्रोन (मानव रहित हवाई उपकरण) सञ्चालन नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ । जिल्लाका विभिन्न क्षेत्रमा अनुमति बिना ड्रोन उडाइएको सूचना र नागरिकबाट गुनासो प्राप्त भएपछि प्रशासनले यस्तो आग्रह गरेको हो ।

शुक्रबार एक सूचना जारी गर्दै ड्रोन सञ्चालनका लागि नेपाल सरकारको प्रचलित कानुन र ड्रोन उडान सम्बन्धी कार्यविधि–२०७५ अनिवार्य रूपमा पालना गर्नुपर्ने जनाएको छ । कार्यविधिअनुसार ड्रोन दर्ता, उडान अनुमति, तौल र वर्गीकरण, उडानको उचाइ, समय, क्षेत्र तथा सञ्चालन गर्ने व्यक्तिको योग्यता लगायतका सबै मापदण्ड पूरा गरेपछि मात्रै ड्रोन उडाउन पाइने व्यवस्था रहेको उल्लेख समेत गरिएको छ ।

आवश्यक अनुमति नलिई ड्रोन सञ्चालन गरेमा इजाजत खारेज, ड्रोन जफत तथा प्रचलित कानुनबमोजिम अन्य कारबाही हुने चेतावनी समेत दिइएको सहायक प्रमुख जिल्ला अधिकारी यादव भट्टराईले बताउनुभयो । साथै नागरिकको गोपनीयता, व्यक्तिगत सुरक्षा, सार्वजनिक हित तथा सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै ड्रोनको प्रयोग जिम्मेवार ढंगले गर्न आग्रह गर्नुभएको छ ।

यस्तै, अनुमति बिना वा शंकास्पद रूपमा ड्रोन उडाइएको देखिएमा तत्काल जिल्ला प्रशासन कार्यालय वा नजिकको प्रहरी कार्यालयमा जानकारी गराई सहयोग गर्न पनि सर्वसाधारणसँग अनुरोध गरिएको छ । प्रशासनले सुरक्षित, व्यवस्थित र कानुनसम्मत रूपमा मात्र ड्रोन सञ्चालन गर्न सबै सरोकारवालालाई अपिल गरेको छ ।

प्रकाशित मिति : 9:11 pm

सिदिङवा गाउँपालिकालाई केन्जोको राजधानी दाबी गर्ने

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको सिदिङवा गाउँपालिकाको १९३ औँ

बेपत्ता भएको छ दिनपछि महिला मृत फेला

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–१ निगुरादिनकी

अमिर राई सिदिङवाको पर्यटन दूत घोषित

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको सिदिङवा गाउँपालिकाले पर्यटन व्यवसायी

तिम्बुङ पोखरी ट्रेल रनमा दुई पत्रकार पुरस्कृत

ताप्लेजुङ, भदौ २६ गते । तिम्बुङ पोखरी अन्तर्राष्ट्रिय ट्रेल रन

तिम्बुङ अन्तर्राष्ट्रिय ट्रेल रनमा सञ्जय राई प्रथम

ताप्लेजुङ, भदौ २६ गते । तेस्रो अन्तर्राष्ट्रिय तिम्बुङ ट्रेल रन