ट्राभल डेन्टल क्याम्प नेपालद्धारा दुर्गम बस्तीका १ सय ७७ नागरिकलाई निःशुल्क दन्त सेवा



ताप्लेजुङ, साउन ६ गते । ताप्लेजुङको उच्च हिमाली तथा दुर्गम बस्तीमै पुगेर ट्राभल डेन्टल क्याम्प नेपालले १ सय ७७ जना नागरिकको निःशुल्क दन्त परीक्षण गरेको छ । जिल्लाको फक्ताङलुङ गाउँपालिकाको उच्च भेगका बस्तीहरु घुन्सा, ग्याब्ला, सेकाथुम, हेल्लोक लगायतका क्षेत्रमै पुगेर क्याम्पले दन्त परीक्षण तथा परामर्श सेवा प्रदान गरेको हो ।

क्याम्प नेपालका अध्यक्ष डा. शशांक ताम्राकारको नेतृत्वमा खटिएको चिकित्सकले दुर्गम बस्तीमा नै पुगेर दन्त रोगसम्बन्धी ओपीडी सेवा, दाँत निकाल्ने, दाँत सफा गर्ने (स्केलिङ), दाँत भर्ने, मुख तथा दन्त स्वास्थ्यसम्बन्धी परामर्श, साथै टुथब्रस र टुथपेस्ट वितरण गरेको थियो ।

शिविरमा घुन्साका ५५ जना, ग्याब्लाका ११ जना, सेकाथुमका ३१ जना र हेल्लोकका ८० गरि कुल १ सय ७७ जना स्थानीयको दन्त परीक्षण गरिएको शिविरका व्यवस्थापक तेन्जिङ नुपु शेपाले जानकारी दिनुभयो । शिविरमा दन्त चिकित्सक डा. ताम्राकार, डा. अविनाश यादव, जनस्वास्थ्यकर्मी डा। धर्मराज कटुवालको टोली सहभागी हुनु भएको थियो ।

डा. ताम्राकारले सुविधा सम्पन्न अस्पतालमा सेवा प्रदान गर्ने कार्य छाडेर पछिल्ला समयमा दुर्गम गाउँमा पुगेर नागरिकको निःशुल्क दन्त उपचारमा खटिरहनु भएको छ । यसअघि उहाँले फक्ताङलुङ गाउँपालिकाकै ओलाङचुङगोला लगायतका क्षेत्रमा पुगेर निःशुल्क शिविर सञ्चालन गर्नु भएको थियो ।

शेर्पाले दुर्गम क्षेत्रमा गुणस्तरीय दन्त स्वास्थ्य सेवा सहज रूपमा उपलब्ध गराउने उद्देश्यले शिविर सञ्चालन गरिएको बताउनुभयो । उहाँले शिविरलाई सफल बनाउन सहयोग पु¥याउने डा. ताम्राकारसहित सम्पूर्ण स्वास्थ्य टोलीप्रति आभार व्यक्त गर्दै घुन्सा, फले, ग्याब्ला, सेकाथुम, आम्जिलेसा र सोक्लिमाका स्थानीयवासीको तर्फबाट समेत कृतज्ञता प्रकट गर्नुभयो ।

दुर्गम हिमाली क्षेत्रमा विशेषज्ञ दन्त स्वास्थ्य सेवा सहज रूपमा उपलब्ध हुन नसकिरहेको अवस्थामा सञ्चालन गरिएको यस ट्राभल डेन्टल क्याम्पले स्थानीय बासिन्दालाई गाउँमै उपचार सेवा उपलब्ध गराउनुका साथै मुख तथा दन्त स्वास्थ्यप्रति जनचेतना अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पु¥याएको विश्वास गरिएको छ ।

प्रकाशित मिति : 6:13 am

दुर्गादल गुल्मका गुल्मपति उमेश खड्काको सरुवा

ताप्लेजुङ, साउन ६ गते । ताप्लेजुङका दुर्गादल गुल्मका गुल्मपति उमेश

ट्राभल डेन्टल क्याम्प नेपालद्धारा दुर्गम बस्तीका १ सय ७७ नागरिकलाई निःशुल्क दन्त सेवा

ताप्लेजुङ, साउन ६ गते । ताप्लेजुङको उच्च हिमाली तथा दुर्गम

घरेलु तथा साना उद्योग कार्यालय ताप्लेजुङमार्फत रोजगारीका लागि दुई सय बढीलाई तालिम

ताप्लेजुङ, साउन ५ गते । ताप्लेजुङमा घरेलु तथा साना उद्योग

भूमि प्रशासन कार्यालय ताप्लेजुङद्वारा ४ करोडभन्दा बढी राजस्व सङ्कलन

ताप्लेजुङ, साउन ४ गते । भूमि प्रशासन कार्यालय ताप्लेजुङले चार

फक्ताङलुङमा ६० देखि ७० वर्षका नागरिकलाई मासिक भत्ता

ताप्लेजुङ, साउन ३ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले ६० देखि