ताप्लेजुङमा कामदारमाथि हातपात गर्ने एक जना पक्राउ




ताप्लेजुङ, असार  १४ गते ।
ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकामा आल्मुनियमको काम गर्ने एक व्यक्तिमाथि कुटपिट गरेको आरोपमा एक जनालाई पक्राउ गरिएको छ ।

पाथीभरा याङवरक गाउँपालिका–२, थेचम्बुस्थित सार्वजनिक स्थानमा गत असार ९ गते साँझ आल्मुनियमको काम गर्ने विकास लामामाथि कुटपिट भएको घटनामा संलग्न रहेको आरोपमा सोही स्थानका ४० वर्षीय तेजवीर सुब्बालाई पक्राउ गरिएको हो ।

घटनापछि फरार रहेका सुब्बालाई प्रहरीले पक्राउ गरी घटनाबारे आवश्यक अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी तथा प्रहरी निरीक्षक जटाशङ्कर यादवले जानकारी दिनुभयो । पक्राउ परेका सुब्बामाथी कानुनी प्रक्रिया अगाडि बढाइएको र घटनाका सबै पक्षबारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक यादवको भनाई छ ।

कुटपिट भएको भिडियो सामाजिक सञ्जालबाट बाहिरिएपछि जिल्ला प्रहरी कार्यालयले छानबिन समिति समेट गठन गरेको थियो । कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक उमेश जोशीका अनुसार प्रहरी निरीक्षक जटाशङ्कर यादवको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरिएको थियो । 

भिडियोमा एक व्यक्तिमाथि बाँधेर निर्घात कुटपिट गरेको देखिएको छ । यसमा अरु धेरैजनाको आवाज पनि सुनिन्छ । 

प्रकाशित मिति : 5:56 am

सिदिङ्वा गाउँपालिका–२ सादेवाको सार्वजनिक सुनुवाइ आज 

ताप्लेजुङ, असार २७ गते । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले आज चालु

अनुमति बिना ड्रोन नउडाउन आग्रह

ताप्लेजुङ, असार २६ गते । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले कानुनी

रास्वपा ताप्लेजुङद्वारा प्रवक्ताको जिम्मेवारी पौडेललाई

ताप्लेजुङ, असार २६ गते ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जिल्ला

लिटल बुद्ध इंङ्गलिस बोर्डिङ स्कुलद्वारा उत्कृष्ट अङ्क ल्याउन सफल विद्यार्थीलाई सम्मान

ताप्लेजुङ, असार २५ गते । लिटल बुद्ध इंङ्गलिस बोर्डिङ स्कुलले माध्यमिक शिक्षा

आठराई त्रिवेणी गाउँपालिका–५ मा नवनिर्मित बर्थिङ सेन्टर उद्घाटन

ताप्लेजुङ, असार २१ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–५ दोभानस्थित