लङवा खोलामा अस्थायी काठेपुल निर्माणका लागि श्रमदान



ताप्लेजुङ, असार १४ गते । अविरल वर्षाका कारण बगेर पूर्णरूपमा क्षति पुगेको लङवा खोलाको अस्थायी काठेपुल पुनः निर्माण गर्न मेरिङदेन गाउँपालिका–६ नाल्बुमा श्रमदान कार्यक्रम सञ्चालन गरिएको छ । मेरिङदेन गाउँपालिका–६ वडा कार्यालय, नाल्बुको आयोजनामा मेरिङदेन–५ थुकिमा वरकदेन र मेरिङदेन–६ चित्रेलाई जोड्ने लङवा खोलामा अस्थायी काठेपुल निर्माणका लागि स्थानीयवासी, जनप्रतिनिधि तथा कर्मचारीहरूले श्रमदान गरेको हुन् ।

श्रमदान कार्यक्रममा गाउँपालिका अध्यक्ष यूक हां विर हाङ्गाम (डम्बर), वडा नम्बर ६ का वडाध्यक्ष मनोज कुमार तुम्बाहाम्फे लगायत अन्य जनप्रतिनिधि, कर्मचारी र स्थानीयवासीहरूको उपस्थिति रहेको थियो । शनिबार ६५ जना र आइतबार ५५ जना गरी दुई दिनमा कुल १२० जनाले श्रमदानमा सहभागिता जनाएको मेरिङदेन गाउँपालिकाका सूचना अधिकारी जितेन लिम्बूले जानकारी दिनुभयो ।

केही दिनअघि परेको अविरल वर्षाका कारण उक्त स्थानमा निर्माण गरिएको अस्थायी काठेपुल बाढीले बगाएर पूर्णरूपमा क्षति पु¥याएको थियो । पुल भत्किएपछि थुकिमा वरकदेन र चित्रे क्षेत्रका स्थानीयवासीलाई दैनिक आवतजावत, विद्यार्थीको विद्यालय आवागमन तथा अत्यावश्यक सेवा लिन कठिनाइ भइरहेको थियो । यही समस्यालाई तत्काल समाधान गर्न समुदायको सक्रिय सहभागितामा अस्थायी काठेपुल निर्माण कार्य अघि बढाइएको मेरिङ्देन गाउँपालिका ६ नम्बर वडाका वडाध्यक्ष मनोज तुम्बाहाङफेले बताउनुभयो ।

स्थानीयको श्रमदान र एकताले विपद्का बेला समुदायको सहकार्यको उत्कृष्ट उदाहरण प्रस्तुत गरेको बताउँदै अस्थायी पुल सञ्चालनमा आएपछि स्थानीयको आवागमन सहज हुने गाउँपालिका अध्यक्ष हाङ्गामले विश्वास व्यक्त गर्नुभयो । यसैबीच, लङवा खोलामा स्थायी समाधानका रूपमा सङ्घीय सरकारको आर्थिक वर्ष २०८३–०८४ देखि कार्यान्वयन हुने बहुवर्षीय योजनाअन्तर्गत मोटरवेल पुल निर्माण आयोजना समावेश भइसकेको अध्यक्ष हाङ्गामले जानकारी दिनुभयो ।

प्रकाशित मिति : 7:36 pm

लङवा खोलामा अस्थायी काठेपुल निर्माणका लागि श्रमदान

ताप्लेजुङ, असार १४ गते । अविरल वर्षाका कारण बगेर पूर्णरूपमा

घरेलु तथा साना उद्योगको आर्थिक सहयोगमा आईटी एकेडेमीबाट ६० जना दीक्षित

ताप्लेजुङ, असार १४ गते । ताप्लेजुङमा रहेको एक मात्र आईटी

सामर्थय फाउन्डेसनद्धारा उत्कृष्ट विद्यार्थी, शिक्षक र अभिभावक सम्मानित

ताप्लेजुङ, असार १४ गते । सामर्थय फाउन्डेसनले ताप्लेजुङमा उत्कृष्ट विद्यार्थी,

मेरिङदेनमा विशेष संरक्षण आवश्यक बालबालिकालाई शैक्षिक प्रोत्साहन भत्ता वितरण

ताप्लेजुङ, असार ११ गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिकाले आमा–बाबु गुमाएका

ताप्लेजुङका जेहनदार विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

ताप्लेजुङ, असार ११ गते । ताप्लेजुङका जेहनदार विद्यार्थीलाई शैक्षिक सामाग्री