मिक्वाखोलाको बजेट ४६ करोड ३३ लाख



ताप्लेजुङ, असार ११ गते । ताप्लेजुङको मिक्वाखोला गाउँपालिकाले ४६ करोड ३३ लाख ६७५ रुपियाँ बजेट सार्वजनिक गरेको छ । गाउँपालिका अध्यक्ष भक्त कार्कीको अनुमतिमा उपाध्यक्ष डण्डु लामाले गाउँसभाको बजेट अधिवेशन मार्फत उक्त बजेट प्रस्तुत गर्नुभएको हो ।

उपाध्यक्ष लामाले प्रस्तुत गर्नुभएको बजेटमध्ये सङ्घीय समानीकरण अनुदानमा १० करोड ७ लाख, सङ्घीय सशर्त अनुदानतर्फ १४ करोड २६ लाख, सङ्घीय विषेश अनुदानतर्फ ७९ लाख, समपूरक अनुदानतर्फ १ करोड ७४ लाख र सङ्घीय राजश्व बाँडफाँडतर्फ ९ करोड ४२ लाख ३८ हजार रुपियाँ रहेको छ ।

यस्तै प्रदेश समानीकरण अनुदानतर्फ ८२ लाख ६४ हजार, प्रदेश सशर्त अनुदानतर्फ ६ करोड ४३ लाख ६० हजार, प्रदेश समपूरक अनुदानतर्फ एक करोड ६० लाख र प्रदेश राजश्व बाडँफाँडतर्फ ७४ लाख २७ हजार ६७५ रुपियाँ रहेको छ ।

त्यस्तै गाउँपालिकाको आन्तरिक स्रोत तर्फ ४५ लाख रुपियाँ रहेको छ । गाउँपालिकाले पूर्वाधार क्षेत्रलाई प्राथमिकता दिएको छ । यो सँगै पालिकाले कृषि पर्यटन र जल विद्युतको उपयोग गर्दै अर्थतन्त्रको विकासमा जोड दिने भएको छ ।

साथै स्थानीय व्यावसायिकता प्रर्वद्धन मार्फत गरिबी न्यूनिकरण गरी दिगो समावेशी र प्रविधि मैत्री सुशासन प्रर्वद्धन गर्ने जनाएको छ ।

प्रकाशित मिति : 10:47 am

पत्रकार पन्दाक पुरस्कृत

ताप्लेजुङ, भदौ २ गते । ताप्लेजुङका पत्रकार तथा गोरखापत्र दैनिकका

१२ बोरे बन्दुकसहित युवक पक्राउ

ताप्लेजुङ, साउन ३१ गते । ताप्लेजुङमा १२ बोरे बन्दुकसहित एक

उन्टर तोडफोड गरी नगद चोरी गर्ने व्यक्ति पक्राउ

ताप्लेजुङ, साउन ३१ गते । ताप्लेजुङको फुङलिङ नगरपालिका–४ तोक्मेडाँडास्थित बसपार्कमा

आठराई त्रिवेणीमा सम्पन्न निःशुल्क दन्त शिविरबाट दुई सय ५६ नागरिक लाभान्वित

ताप्लेजुङ, साउन ३१ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकामा सम्पन्न

फुङ्लिङ बजारमा एकतर्फी यातायात प्रणाली लागू

ताप्लेजुङ, साउन ३१ गते । ताप्लेजुङको फुङ्लिङ बजारमा चारपाङ्ग्रे सवारीसाधनका