फक्ताङलुङको बजेट ५८ करोड ५५ लाख बढी, खेलाडी र पर्वतारोही सम्मानित



ताप्लेजुङ, असार १० गते । फक्ताङलुङ गाउँपालिकाले ५८ करोड ५५ लाख बढी बजेट सार्वजनिक गरेको छ । गाउँसभाको २०औँ अधिवेशनबाट आर्थिक वर्ष २०८३-०८४ का लागि ५८ करोड ५५ लाख २२ हजार रुपियाँ बजेट सार्वजनिक गरेको हो ।

गाउँसभामा गाउँपालिका अध्यक्ष राजन लिम्बु (मुक्ति) ले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो भने उपाध्यक्ष विकास साम्राले बजेट वक्तव्य पेश गर्नुभएको हो । प्रस्तुत नीति, कार्यक्रम तथा बजेटमाथि छलफलपछि गाउँसभाले सर्वसम्मत रूपमा स्वीकृत गरेको जनाएको छ ।

स्वीकृत बजेटमध्ये चालु खर्चतर्फ ४० करोड ५१ लाख ८२ हजार रुपियाँ र पूँजीगत खर्चतर्फ १८ करोड ३ लाख ४० हजार रुपियाँ विनियोजन गरिएको छ । गाउँपालिकाले आगामी वर्ष पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन तथा सामाजिक विकासका कार्यक्रमलाई प्राथमिकतामा राख्दै बजेट कार्यान्वयन गर्ने जनाएको छ ।

यसैबीच गाउँसभाले विभिन्न क्षेत्रमा उत्कृष्ट उपलब्धि हासिल गरी गाउँपालिकाको गौरव बढाउने दुई प्रतिभालाई सम्मानसमेत गरेको छ । विश्वको तेस्रो तथा नेपालको दोस्रो अग्लो हिमाल कञ्चनजङ्घाको सफलतापूर्वक चौथोपटक आरोहण गर्दै गाउँपालिकाको लोगो विश्वसामु चिनाउन योगदान पु¥याएका फक्ताङलुङ गाउँपालिका–७ निवासी पर्वतारोही छेतेन टासी शेर्पालाई नगद १ लाख रुपियाँसहित कदरपत्र प्रदान गरिएको छ ।

त्यसैगरी, सगरमाथा आधार शिविरबाट सञ्चालन हुने ४२ किलोमिटर म्याराथन दौडमा प्रथम स्थान हासिल गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा गाउँपालिकाको नाम उच्च बनाएका फक्ताङलुङ गाउँपालिका–३ निवासी धावक रमेश लिम्बू तावालाई नगद ५० हजार रुपियाँ सहित कदरपत्रद्वारा सम्मान गरिएको छ ।

प्रकाशित मिति : 9:54 pm

चीन सरकारले दियो मेरिङ्देनलाई स्काभेटर 

ताप्लेजुङ, कात्तिक ११ गते । ताप्लेजुङको मेरिङ्देन गाउँपालिकाले चीन सरकारबाट

ताप्लेजुङ युके युवा समाजद्धारा क्यान्सर तथा मिर्गौला पीडितलाई आर्थिक सहयोग

ताप्लेजुङ, कात्तिक १० गते । ताप्लेजुङ युके युवा समाज बेलायतले

फङ्फङदेन झरना पर्यटन मेला मंसिर २ देखि, फुटबल विजेतालाई तीन लाख बराबरको अलैँची

ताप्लेजुङ, कात्तिक १० गते । ताप्लेजुङको मिक्वाखोला गाउँपालिकामा आयोजना हुने

दोभानका आगलागी पीडितलाई ख्रीष्टियन समाजको तीन लाख ७६ हजार राहत

ताप्लेजुङ, कात्तिक २ गते । जिल्ला ख्रीष्टियन समाज ताप्लेजुङले दोभान

ताप्लेजुङमा तीन महिनामै एक करोड बढीको खाद्यान्न बिक्री

ताप्लेजुङ, असोज ३१ गते । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले