विकास आयोजनाहरू शीघ्र सम्पन्न गर्न दबाब दिन फुङलिङमा वृहत् शान्ति र्‍याली हुँदै



ताप्लेजुङ, जेठ २४ गते । ताप्लेजुङमा सञ्चालन तथा निर्माणाधीन विकास आयोजनाहरूलाई शीघ्र सम्पन्न गराउन सम्बन्धित निकायलाई दबाब दिन विकास प्रेमी अगुवाहरूले वृहत् शान्ति र्‍याली आयोजना गर्ने भएका छन्।

ताप्लेजुङका विकास प्रेमी तथा नागरिक अगुवाहरूले जारी गरेको अनुरोधपत्रमार्फत जिल्लाको समग्र विकाससँग जोडिएका महत्वपूर्ण आयोजनाहरू समयमै सम्पन्न हुनुपर्ने माग राख्दै शान्तिपूर्ण दबाबमूलक कार्यक्रम आयोजना गर्न लागिएको जनाएका छन्। विकास निर्माणका काममा देखिएका ढिलासुस्ती अन्त्य गरी जनताले अपेक्षा गरेका आयोजनाहरू छिटो सम्पन्न गर्न सरकार तथा सम्बन्धित पक्षको ध्यानाकर्षण गराउने उद्देश्यले र्‍याली आयोजना गर्न लागिएको बताइएको छ।

विकास प्रेमी नागरिक समुह अनुसार वृहत् शान्ति र्‍याली जेठ २४ गते (आइतबार) ताप्लेजुङ सदरमुकाम फुङलिङस्थित वीरेन्द्रचोकबाट सुरु हुनेछ। र्‍याली दिनको ठीक ११ बजे प्रारम्भ हुने कार्यक्रम तय गरिएको छ।

विकास प्रेमी अगुवाहरूले जिल्लाका सम्पूर्ण विकास प्रेमी, न्यायप्रेमी नागरिक, विभिन्न सङ्घसंस्था, राजनीतिक दलका प्रतिनिधि, व्यवसायी तथा सरोकारवाला पक्षलाई कार्यक्रममा सहभागी हुन हार्दिक अनुरोध गरेका छन्। उनीहरूले विकासका सवालमा सबै नागरिक एकजुट हुनुपर्ने आवश्यकता औंल्याउँदै र्‍यालीमार्फत जिल्लाको समृद्धि र विकास प्रतिको साझा प्रतिबद्धता प्रदर्शन गरिने बताएका छन्।

आयोजकहरूले शान्तिपूर्ण र सभ्य ढङ्गले कार्यक्रम सम्पन्न गरी विकास निर्माणका मुद्दालाई प्रभावकारी रूपमा उठाउने तयारी गरिएको जानकारी दिएका छन्। यता केबलकार खारेजी संयुक्त सङ्घर्ष समिति र मक्कुम्लुङ संयुक्त सङ्घर्ष समितिले र्‍यालीमा सहभागी नहुन अनुरोध गरेको छ ।

तस्बिर : एआई

प्रकाशित मिति : 6:26 am

प्रथम कुलकर्ण महिला फुटसलको उपाधि वीरेन्द्रलाई

ताप्लेजुङ, भदौ २८ गते । हरितालिका तीजको अवसरमा ताप्लेजुङमा आयोजित

सिदिङवा गाउँपालिकालाई केन्जोको राजधानी दाबी गर्ने

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको सिदिङवा गाउँपालिकाको १९३ औँ

बेपत्ता भएको छ दिनपछि महिला मृत फेला

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–१ निगुरादिनकी

अमिर राई सिदिङवाको पर्यटन दूत घोषित

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको सिदिङवा गाउँपालिकाले पर्यटन व्यवसायी

तिम्बुङ पोखरी ट्रेल रनमा दुई पत्रकार पुरस्कृत

ताप्लेजुङ, भदौ २६ गते । तिम्बुङ पोखरी अन्तर्राष्ट्रिय ट्रेल रन