फागो चोङ्बाङ परिवारद्वारा सायम्वाहाङ धर्मशाला पार्टी पुन निर्माण



ताप्लेजुङ्, जेठ २३ गते । ताप्लेजुङको मैवाखोला गाउँपालिका–३ साँघुमा सायम्वाहाङ धर्मशाला पार्टी पुन निर्माण गरिएको छ । करिब ३६ लाख रुपियाँको लागतमा उक्त धर्मशाला पार्टी पुन निर्माण गरिएको हो । 

वि।सं।१८०१ सालमा फागो चोङ्बाङहरुको पुर्खा सायम्बाहाङ फागो चोङ्बाङले निर्माण गर्नुभएको धर्मशाला जीर्ण बन्दै गएकाले यसको संरक्षण तथा सम्वर्द्धन गरि ऐतिहासिक साथै पुरातान्वीकतालाई जीवन्त राख्न पुन निर्माण गरिएको सायम्बाहाङ धर्मशाला पार्टी पुन निर्माण समितिका अध्यक्ष नन्द कुमार फागो चोङ्बाङले जानकारी दिनुभयो । 

उहाँका अनुसार सम्पूर्ण फागो चोङ्बाङ परिवारमार्फत उक्त धर्मशाला निर्माण गरिएको हो । धर्मशालालाई आगामी दिनमा सङ्ग्राहालयका रुपमा रूपान्तरण गरिने पनि अध्यक्ष फागो चोङ्बाङले जानकारी दिनुभयो । अहिले सायम्बाहाङ फागो चोङ्बाङ र उहाँका परिवारले प्रयोग गर्नुभएको सामग्री जुटाउने कार्य भइरहेको र उक्त सामग्रीहरूलाई सङ्ग्रहालयमा राखिने उहाँको भनाई छ । 

प्रकाशित मिति : 6:04 am

चीन सरकारले दियो मेरिङ्देनलाई स्काभेटर 

ताप्लेजुङ, कात्तिक ११ गते । ताप्लेजुङको मेरिङ्देन गाउँपालिकाले चीन सरकारबाट

ताप्लेजुङ युके युवा समाजद्धारा क्यान्सर तथा मिर्गौला पीडितलाई आर्थिक सहयोग

ताप्लेजुङ, कात्तिक १० गते । ताप्लेजुङ युके युवा समाज बेलायतले

फङ्फङदेन झरना पर्यटन मेला मंसिर २ देखि, फुटबल विजेतालाई तीन लाख बराबरको अलैँची

ताप्लेजुङ, कात्तिक १० गते । ताप्लेजुङको मिक्वाखोला गाउँपालिकामा आयोजना हुने

दोभानका आगलागी पीडितलाई ख्रीष्टियन समाजको तीन लाख ७६ हजार राहत

ताप्लेजुङ, कात्तिक २ गते । जिल्ला ख्रीष्टियन समाज ताप्लेजुङले दोभान

ताप्लेजुङमा तीन महिनामै एक करोड बढीको खाद्यान्न बिक्री

ताप्लेजुङ, असोज ३१ गते । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले