फागो चोङ्बाङ परिवारद्वारा सायम्वाहाङ धर्मशाला पार्टी पुन निर्माण



ताप्लेजुङ्, जेठ २३ गते । ताप्लेजुङको मैवाखोला गाउँपालिका–३ साँघुमा सायम्वाहाङ धर्मशाला पार्टी पुन निर्माण गरिएको छ । करिब ३६ लाख रुपियाँको लागतमा उक्त धर्मशाला पार्टी पुन निर्माण गरिएको हो । 

वि।सं।१८०१ सालमा फागो चोङ्बाङहरुको पुर्खा सायम्बाहाङ फागो चोङ्बाङले निर्माण गर्नुभएको धर्मशाला जीर्ण बन्दै गएकाले यसको संरक्षण तथा सम्वर्द्धन गरि ऐतिहासिक साथै पुरातान्वीकतालाई जीवन्त राख्न पुन निर्माण गरिएको सायम्बाहाङ धर्मशाला पार्टी पुन निर्माण समितिका अध्यक्ष नन्द कुमार फागो चोङ्बाङले जानकारी दिनुभयो । 

उहाँका अनुसार सम्पूर्ण फागो चोङ्बाङ परिवारमार्फत उक्त धर्मशाला निर्माण गरिएको हो । धर्मशालालाई आगामी दिनमा सङ्ग्राहालयका रुपमा रूपान्तरण गरिने पनि अध्यक्ष फागो चोङ्बाङले जानकारी दिनुभयो । अहिले सायम्बाहाङ फागो चोङ्बाङ र उहाँका परिवारले प्रयोग गर्नुभएको सामग्री जुटाउने कार्य भइरहेको र उक्त सामग्रीहरूलाई सङ्ग्रहालयमा राखिने उहाँको भनाई छ । 

प्रकाशित मिति : 6:04 am

पाथीभराबाट साढे ४६ लाख बढी भेटी सङ्कलन

ताप्लेजुङ, असार ३ गते । प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर (मुक्कुमलुङ)

आठराई त्रिवेणीलाई पुसभित्र फुसको छानोमुक्त पालिका घोषणा गरिने

ताप्लेजुङ, असार ३ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले आगामी

अन्तरजातीय विवाह गर्ने ११ दम्पती सम्मानित

ताप्लेजुङ, असार ३ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले अन्तरजातीय

ताप्लेजुङमा महिलालाई आत्मनिर्भर बनाउन सिजनल सयपत्री फूल खेती तालिम 

सौगात विष्टताप्लेजुङ, असार २ गते । महिलाको आर्थिक सशक्तीकरण र

ताप्लेजुङ गोल्ड कपको तयारी सुरु

ताप्लेजुङ, जेठ ३१ गते । ताप्लेजुङ गोल्ड कपको चौथो संस्करण