फुङलिङमा आधारभुत जीवन रक्षा र आपत्तकालीन गम्भिर हेरचाह तथा प्राथमिक उपचार सम्बन्धि तालिम सम्पन्न



ताप्लेजुङ, जेठ १० गते । ताप्लेजुङको फुङलिङ नगरपालिकामा आधारभुत जीवन रक्षा र आपत्तकालीन गम्भिर हेरचाह ९ व्यासिक लाईफ सपोट एण्ड ईमरजेन्सि क्रिटिकल केयर० तथा प्राथमिक उपचार सम्बन्धि दुई दिने तालिम शुक्रबार सम्पन्न भएको छ । बि एण्ड सी मेडिकल कलेज बिर्तामोड झापाको प्राविधिक सहयोगमा बिहिबारबाट सुरु भएको तालिम शुक्रबार सम्पन्न भएको हो ।

आपत्तकालीन अवस्थामा प्राथमिक उपचार तथा जीवनरक्षा सम्बन्धी सीपको अभावका कारण धेरै जसो घटनाहरुमा बिरामीको ज्यान जोखिमा पर्ने तथा ज्यानै समेत ज्याने हुँदा यो तालिम संचालन गरिएको फुङलिङ नगरपालिका स्वास्थ्य शाखा प्रमुख प्रतिमा खोयाहाङले बताउनुभयो ।

त्यस्तै तालिमको समापन समारोहलाई सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी शिवराज शेढाईले यो तालिमले आपत्तकालीन तथा गम्भीर अवस्थामा मानिसहरुको जिवन रक्षाका निम्ति फलदायी हुने विश्वास व्यक्त गर्नुभयो । तालिममा फुङलिङ नगरपालिकाका स्वास्थ्यकर्मी, नेपाल प्रहरी र शसस्त्र प्रहरी, जिल्ला अस्पतालका कर्मचारी,एम्बुलेन्स चालक र नगर प्रहरीको सहभागीता रहेको थियो ।

तालिमको सहजिकरण बि एण्ड सि मेडिकल कलेजका एनेस्थोलोजिस्ट डाक्टर सुमन थापाको टोलिले गर्नु भएको थियो । तालिम शैदान्तिक तथा प्रयोगात्मक रुपमा प्रदान गरिएको डाक्टर थापाले बताउनुभयो ।तालिम फुङलिङ नगरपालिकाका उपप्रमुख भिमादेवी ओझाको अध्यक्षतामा सम्पन्न भएको हो ।

प्रकाशित मिति : 6:21 am

घरेलु तथा साना उद्योग कार्यालय ताप्लेजुङमार्फत रोजगारीका लागि दुई सय बढीलाई तालिम

ताप्लेजुङ, साउन ५ गते । ताप्लेजुङमा घरेलु तथा साना उद्योग

भूमि प्रशासन कार्यालय ताप्लेजुङद्वारा ४ करोडभन्दा बढी राजस्व सङ्कलन

ताप्लेजुङ, साउन ४ गते । भूमि प्रशासन कार्यालय ताप्लेजुङले चार

फक्ताङलुङमा ६० देखि ७० वर्षका नागरिकलाई मासिक भत्ता

ताप्लेजुङ, साउन ३ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले ६० देखि

सवारी कारबाहीबाट ८ लाख ७ हजार बढी राजश्व सङ्कलन 

ताप्लेजुङ, साउन ३ गते । ताप्लेजुङमा सवारी कारबाहीबाट ८ लाख

भारी वर्षाको सम्भावित जोखिमलाई मध्यनजर गर्दै ताप्लेजुङमा उच्च सतर्कता अपनाउन आग्रह

ताप्लेजुङ, साउन २ गते । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले भारी