फुङ्लिङ–याम्फुदिन–कञ्चनजङ्घा बेस क्याम्प सडक कालोपत्रे कार्यको शिलान्यास



ताप्लेजुङ, जेठ ४ गते । ताप्लेजुङको फुङ्लिङ (तोक्मेडाँडा)–दोखु–कामीडाँडा–थेचम्बु–चाक्सिबोटे–खाम्देम्बे–तेल्लोक–याम्फुदिन हुँदै कञ्चनजङ्घा बेस क्याम्प जोड्ने सडक कालोपत्रे योजनाको शिलान्यास गरिएको छ । कोशी प्रदेश सरकार अन्तर्गत भौतिक पूर्वाधार विकास मन्त्रालयको पूर्वाधार विकास कार्यालय फुङ्लिङमार्फत ठेक्का प्रक्रिया सम्पन्न भई सोमबार एक कार्यक्रमका बीच योजनाको शिलान्यास गरिएको हो ।

बहुवर्षीय योजनाअन्तर्गत सञ्चालन हुने उक्त सडक कालोपत्रे कार्य २०८५ साल बैशाख ३० गतेभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । २३ करोड १७ लाख ७० हजार ३९५ रुपियाँ लागतमा निर्माण सम्पन्न हुने गरी सडकको कालोपत्रेका लागि हिमालयन कन्ट्रक्सनले मिति २०८३ साल वैशाख ३१ गते सम्झौता गरेको हो ।

सडक स्तरोन्नति तथा कालोपत्रे भएपछि सदरमुकाम फुङ्लिङदेखि ग्रामीण क्षेत्र हुँदै कञ्चनजङ्घा क्षेत्रमा पुग्ने यात्रु तथा स्थानीयवासीलाई सहज आवागमन हुने अपेक्षा गरिएको कोशी प्रदेशका पूर्व मन्त्री तिलकुमार मेन्याङबोले बताउनुभयो । उहाँका अनुसार यसले पर्यटन प्रवद्र्धनसँगै स्थानीय उत्पादनको बजारीकरणमा समेत टेवा पुग्ने विश्वास गरिएको छ ।

सडक कालोपत्रे भएपछि कञ्चनजङ्घा क्षेत्रको पर्यटन विकास, आर्थिक गतिविधि विस्तार तथा स्थानीय नागरिकको जीवनस्तर सुधारमा महत्वपूर्ण योगदान पुग्ने विश्वास लिएको कोशी प्रदेश पूर्व मन्त्री खगेनसिं हाङगामले बताउनुभयो । दुर्गम क्षेत्रलाई यातायात सञ्जालसँग जोड्ने उद्देश्यले योजना अघि बढाइएको पूर्वाधार विकास कार्यालयले जनाएको छ ।

शिलान्यास कार्यक्रममा कोशी प्रदेशका पूर्वमन्त्रीद्वय मेन्याङ्बो र हाङगाम, प्रतिनिधिसभाका पूर्वसांसद लीलादेवी बोखिम, फुङ्लिङ नगरपालिका का मेयर आमिर मादेन, पाथीभरा याङ्वर गाउँपालिका अध्यक्ष केशर कुमार मेन्याङ्बो, फुङ्लिङ नगरपालिकाकी उपमेयर भीमादेवी ओझा लगायत जनप्रतिनिधि, सरोकारवाला निकाय तथा स्थानीयवासीको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : 11:23 am

ताप्लेजुङ गोल्डकपको भाग्यमानी दर्शक विशाल लिम्बू 

ताप्लेजुङ, भदौ २० गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिकाका विशाल लिम्बू

ताप्लेजुङ गोल्डकपको उपाधि सलहेशलाई

ताप्लेजुङ, भदौ १९ गते । अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकप

ताप्लेजुङ गोल्डकप : उपाधिका लागि सलहेश र पाँचथरको प्रतिस्पर्धा

ताप्लेजुङ, भदौ १८ गते । अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकप

ताप्लेजुङ गोल्डकप : पाँचथर फाइनलमा प्रवेश

ताप्लेजुङ, भदौ १७ गते । पाँचथरको फिदिम स्पोर्टिङ क्लब अन्तर्राष्ट्रिय

ताप्लेजुङ गोल्डकप : फाइनलका लागि झापा–११ र पाँचथरको प्रतिस्पर्धा

ताप्लेजुङ, भदौ १७ गते । अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकप