मेरिङदेन र मिक्वाखोलाका २७ जनालाई मेलमिलाप सम्बन्धी तालिम



ताप्लेजुङ, वैशाख ३० गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिका र मिक्वाखोला गाउँपालिकाको संयुक्त आयोजनामा मेलमिलाप सम्बन्धी आठ दिवसीय आधारभूत तालिम सम्पन्न भएको छ । गत वैशाख २२ गतेबाट सुरु भएको उक्त तालिम मङ्गलबार सपन्न भएको हो ।

स्थानीय स्तरमा देखिने विवाद तथा झैझगडालाई आपसी समझदारी र मेलमिलापमार्फत समाधान गर्ने उद्देश्यले तालिम आयोजना गरिएको गाउँपालिका मेरिङदेन गाउँपालिकाका अध्यक्ष युक हाङ विर हाङ्गाम (डम्बर) ले बताउनुभयो । तालिममा मिक्वाखोला गाउँपालिकाबाट १० जना र मेरिङदेन गाउँपालिकाबाट १७ जना गरी कुल २७ जनाको सहभागी रहेको मेरिङदेन गाउँपालिकाका सूचना अधिकारी जितेन लिम्बूले जानकारी दिनुभयो ।

सहभागीहरूलाई मेलमिलापका आधारभूत सिद्धान्त, विवाद व्यवस्थापन, संवाद सीप तथा समुदायस्तरमा शान्ति स्थापनासम्बन्धी विषयमा प्रशिक्षण दिइएको अध्यक्ष हाङ्गामको भनाई छ । शान्तिका लागि सहकार्य संस्था नेपालले सहजीकरण गरेको उक्त तालिमले स्थानीय तहमा प्रभावकारी मेलमिलापकर्ता उत्पादन गरी सामाजिक सद्भाव कायम गर्न टेवा पुग्ने अपेक्षा गरिएको छ ।

साथै चाँडै सूचीकृत गराई मेलमिलाप कर्ताको भूमिका सुम्पिने दुई वटै पालिकाको योजना रहेको मिक्वाखोला गाउँपालिकाका उपाध्यक्ष डण्डु लामा (शेर्पा) ले जानकारी दिनुभयो । तालिममा सहभागीहरूलाई मिक्वाखोला गाउँपालिकाका उपाध्यक्ष लामा, मेरिङदेन गाउँपालिका अध्यक्ष हाङ्गाम, उपाध्यक्ष दुर्गा श्रेङ चोङवाङले प्रमाण पत्र वितरण गर्नुभएको थियो ।

प्रकाशित मिति : 6:41 am

प्रथम कुलकर्ण महिला फुटसलको उपाधि वीरेन्द्रलाई

ताप्लेजुङ, भदौ २८ गते । हरितालिका तीजको अवसरमा ताप्लेजुङमा आयोजित

सिदिङवा गाउँपालिकालाई केन्जोको राजधानी दाबी गर्ने

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको सिदिङवा गाउँपालिकाको १९३ औँ

बेपत्ता भएको छ दिनपछि महिला मृत फेला

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–१ निगुरादिनकी

अमिर राई सिदिङवाको पर्यटन दूत घोषित

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको सिदिङवा गाउँपालिकाले पर्यटन व्यवसायी

तिम्बुङ पोखरी ट्रेल रनमा दुई पत्रकार पुरस्कृत

ताप्लेजुङ, भदौ २६ गते । तिम्बुङ पोखरी अन्तर्राष्ट्रिय ट्रेल रन