दोभान बजारमा निःशुल्क आँखा स्वास्थ्य शिविर : ५९ जनाको शल्यक्रिया 



ताप्लेजुङ, वैशाख २२ गते । ताप्लेजुङको दोभान बजारमा सञ्चालन गरिएको शल्यक्रिया सहितको निःशुल्क आँखा स्वास्थ्य शिविरमा ५९ जनाको सफल आँखाको शल्यक्रिया गरिएको छ।  मेरिङदेन गाउँपालिका, नेपाल नेत्र ज्योति सङ्घ ताप्लेजुङ, मेची आँखा अस्पताल बिर्तामोड र सेवा फाउन्डेसन काठमाडौँको संयुक्त आयोजनामा सञ्चालित दुईदिने शिविरमा ४३ जनाको मोतियाबिन्दु तथा १६ जनाको सामान्य आँखाको शल्यक्रिया गरिएको हो ।

डिचेन डोङ्ला स्मारक आँखा उपचार केन्द्र फुङलिङका फिल्ड आईवर्कर काजीमान थेबेका अनुसार शिविरको पहिलो दिन सोमबार २८ जनाको मोतियाबिन्दु र ८ जनाको सामान्य शल्यक्रिया गरिएको थियो भने दोस्रो दिन मंगलबार १५ जनाको मोतियाबिन्दु र ८ जनाको सामान्य शल्यक्रिया सम्पन्न गरिएको हो ।
दुई दिनको अवधिमा कुल ५ सय ४० जनाले आँखाको परीक्षण गराएका छन् । 

जसमध्ये पहिलो दिन २ सय ९२ जना र दोस्रो दिन २ सय ४८ जनाले सेवा लिएका थिए। साथै, २ सय १७ जनालाई निःशुल्क चश्मा वितरण गरिएको मेरिङदेन गाउँपालिकाका सुचना अधिकारी जितेन लिम्बूले जानकारी दिनुभयो । सेवाग्राही मध्ये मेरिङदेन गाउँपालिकाबाट सबैभन्दा बढी २ सय ८१ जना सहभागी भएका छन् । 

त्यसैगरी आठराई त्रिवेणी गाउँपालिकाबाट १ सय २३, फुङलिङ नगरपालिकाबाट ८६, मैवाखोला गाउँपालिकाबाट २९, मिक्वाखोला गाउँपालिकाबाट १६, फक्ताङलुङ गाउँपालिकाबाट २ र अन्य जिल्लाबाट ३ जनाले सेवा लिएका छन् । डा। बिनिता थापाको नेतृत्वमा रहेको प्राविधिक टोलीले आँखाको परीक्षण तथा उपचार सेवा प्रदान गरेको कार्यक्रम संयोजक कविता कार्की कडरियाले जानकारी दिनुभयो ।

दुर्गम क्षेत्रका नागरिकलाई सहज रुपमा गुणस्तरीय आँखा उपचार सेवा उपलब्ध गराउने उद्देश्यले शिविर सञ्चालन गरिएको मेरिङदेन गाउँपालिकाका अध्यक्ष युकहाङ विर हाङ्गाम (डम्बर) ले बताउनुभयो ।

प्रकाशित मिति : 9:17 pm

आठराई त्रिवेणीका सबै वडामा बर्थिङ सेन्टर सञ्चालन

ताप्लेजुङ, भदौ ९ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाका पाँचवटै

ताप्लेजुङ गोल्डकप : भाग्यशाली एक जना दर्शकले स्कुटर पाउने

ताप्लेजुङ, भदौ ७ गते । अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकपको

सद्भाव र विश्वशान्तिको कामना गर्दै मुक्कुमलुङ साहित्यिक पदयात्रा

ताप्लेजुङ, भदौ ७ गते । ताप्लेजुङमा साहित्यको माध्यमबाट आपसी सद्भाव,

मुक्कुमलुङ साहित्यिक प्रतिष्ठानको अध्यक्षमा हेल्लोक

ताप्लेजुङ, भदौ ७ गते । मुक्कुमलुङ साहित्यिक प्रतिष्ठानको अध्यक्षमा मनिष

ताप्लेजुङ गोल्डकपको खेल तालिका सार्वजनिक

ताप्लेजुङ, भदौ ४ गते । अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्ड कपको