बालबालिकामाथिको ट्रोलिङप्रति गम्भीर चिन्ता



ताप्लेजुङ, वैशाख २१ गते । राष्ट्रिय महिला आयोगले सामाजिक सञ्जालमा बालबालिकामाथिको हुने ट्रोलिङप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ । आयोगकी प्रवक्ता कृष्णकुमारी पौडेलले प्रधानमन्त्री बालेन्द्र शाहले शपथका क्रममा बोकेको छोरीको फोटो ट्रोलिङ गरिएको घटनाप्रति आयोगको ध्यानाकर्षण भएको बताउनुभयो ।

आइतबार ताप्लेजुङमा आयोजित महिला सवालमा सरोकारवाला सँगको छलफल कार्यक्रममा बोल्दै उनले अबोध बालिकामाथि गरिएको यस्तो व्यवहार बालअधिकार र मानवअधिकार दुवैको उल्लङ्घन भएको उल्लेख गर्नुभयो । उहाँले बालबालिकालाई सामाजिक सञ्जालमा लक्षित गरी गरिने टिप्पणी र ट्रोलिङले उनीहरूको मानसिक विकासमा नकारात्मक असर पार्ने भएकाले यस्ता गतिविधि नियन्त्रण गर्न सबै पक्ष जिम्मेवार हुनुपर्ने बताउनुभयो ।

साथै, समाजमा पुरुष विवादमा परेपछि महिलाले नै संरक्षण गर्नुपर्ने गलत सोच अझै विद्यमान रहेको भन्दै यसलाई परिवर्तन गर्नुपर्ने धारणा राख्नुभयो । कार्यक्रममा लैङ्गिक समानताको विषय पनि उठाइएको थियो । पौडेलले संविधान निर्माण प्रक्रियामा महिलाको पर्याप्त सहभागिता नभएको दाबी गर्दै कम्तीमा ५० प्रतिशत महिला सहभागिता सुनिश्चित गर्न आयोग निरन्तर सङ्घर्षरत रहेको जानकारी दिनुभयो । हालको ३३ प्रतिशत आरक्षण पर्याप्त नभएको उहाँको भनाइ थियो ।

लैङ्गिक हिंसा अन्त्यका लागि सङ्घ, प्रदेश र स्थानीय तहबीच समन्वय आवश्यक रहेको उल्लेख गर्दै उनले विद्यालय, समुदाय र सरोकारवालाबीच सहकार्य अपरिहार्य रहेको बताउँनुभयो । फुङलिङ क्षेत्रमा सुरक्षित ‘सेभ हाउस’ (संरक्षण केन्द्र) र महिला कारागारको आवश्यकता रहेको भन्दै आयोगले यसबारे सम्बन्धित निकायमा सिफारिस गर्ने प्रतिबद्धता जनाएको छ ।

कार्यक्रममा फुङलिङ नगरपालिकाकी उपप्रमुख भिमादेवी ओझाले सेभ हाउसको आधारभूत संरचना तयार भइसके पनि पूर्णता दिन बाँकी रहेको जानकारी दिँदै सहयोगका लागि आग्रह गरिन् । यसैबीच, स्वास्थ्य तथा सुरक्षा निकायले जिल्लामा पछिल्ला वर्षहरूमा लैङ्गिक हिंसाका घटनामा उतारचढाव देखिएको जानकारी दिएका छन् ।

प्रकाशित मिति : 6:35 am

दोभानका अग्निपीडितलाई रास्वपाको एक लाख ९२ हजार सहयोग

ताप्लेजुङ, कात्तिक १८ गते । ताप्लेजुङको मेरिङ्देन गाउँपालिका–३ दोभान बजारमा

पाथीभरा याङवरकद्धारा पाँच खेलका लागि खेल प्रशिक्षक छनोट

सौगात बिष्ट ताप्लेजुङ, कात्तिक १८ गते ।  ताप्लेजुङको पाथिभरा याङवरक

सिदिङ्वामा उत्पादित गोलभेँडा तराईका बजारमा निर्यात

ताप्लेजुङ, कात्तिक १७ गते । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकामा व्यावसायिक गोलभेँडा

पाथीभरामा एकै दिन १० हजार बढी तीर्थयात्री

ताप्लेजुङ, कात्तिक १७ गते । ताप्लेजुङस्थित प्रसिद्ध धार्मिक तथा पर्यटकीय

रेडक्रस ताप्लेजुङको कार्यालय प्रमुखमा अधिकारी

ताप्लेजुङ, कात्तिक १७ गते । नेपाल रेडक्रस सोसाइटी ताप्लेजुङको कार्यालय