ताप्लेजुङमा निःशुल्क आँखा शिविर सञ्चालन हुने



ताप्लेजुङ, बैशाख १६ गते । ताप्लेजुङमा निःशुल्क आँखा परीक्षण तथा मोतिबिन्दु शल्यक्रिया सेवा सहितको विशेष आँखा शिविर सञ्चालन हुने भएको छ । नेपाल नेत्र ज्योति सङ्घ ताप्लेजुङ, मेची आँखा अस्पताल बिर्तामोड झापा, मेरिङदेन गाउँपालिका तथा सेवा फाउण्डेसन काठमाडौंको संयुक्त आयोजनामा उक्त शिविर सञ्चालन हुने भएको हो । 

डिचेन डोङ्गाला स्मारका आँखा उपचार केन्द्र ताप्लेजुङका वरिष्ठ नेत्र अधिकृत तथा क्लिनिक इनचार्ज काजी गुरुङका अनुसार मेची आँखा अस्पतालको प्राविधिक सहयोगमा शिविर सञ्चालन हुने छ । पहिलो चरणको शिविर यही वैशाख २१ र २२ गते दोभान बजारस्थित दोभान आँखा उपचार केन्द्रमा सञ्चालन हुनेछ । 

त्यस्तै दोस्रो चरणको शिविर वैशाख २४ गतेदेखि २६ गतेसम्म डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्र ताप्लेजुङमा सञ्चालन हुने गुरुङले जानकारी दिनुभयो । 

शिविर अवधिभर आँखासम्बन्धी विभिन्न समस्या भएका बिरामीहरूको निःशुल्क परीक्षण गरिनुका साथै मोतिबिन्दु भएका बिरामीहरूको छनोट गरी निःशुल्क शल्यक्रिया गरिने व्यवस्था मिलाइएको छ । शिविरमा सहभागी हुने बिरामीहरूलाई आवश्यक औषधि निःशुल्क वितरण गरिने आयोजकले जनाएको छ । 

साथै ४० वर्षभन्दा माथिका बिरामीहरूलाई पढ्नका लागि आवश्यक पर्ने चश्मा पनि निःशुल्क उपलब्ध गराइनेछ । ग्रामीण भेगका सर्वसाधारणलाई सहज रूपमा विशेषज्ञ सेवा उपलब्ध गराउने उद्देश्यले शिविर सञ्चालन गर्न लागिएको नेपाल नेत्र ज्योति सङ्घ ताप्लेजुङका अध्यक्ष राजकुमार गुरुङले बताउनुभयो । उहाँले आँखाको समस्या भएका बिरामीहरूलाई समयमै परीक्षण गराई सेवा लिन आग्रह गर्नुभएको छ । 

शिविरबाट विशेष गरी आर्थिक अवस्था कमजोर भएका तथा नियमित उपचारबाट टाढा रहेका नागरिकलाई प्रत्यक्ष लाभ पुग्ने विश्वास लिइएको मेरिङ्देन गाउँपालिकाका अध्यक्ष युकहाङ विर हाङ्गाम (डम्बर) ले बताउनुभयो । 

प्रकाशित मिति : 6:17 am

ताप्लेजुङमा निःशुल्क आँखा शिविर सञ्चालन हुने

ताप्लेजुङ, बैशाख १६ गते । ताप्लेजुङमा निःशुल्क आँखा परीक्षण तथा

मेरिङदेनले रेविज नियन्त्रणका लागि निःशुल्क बन्ध्याकरण शिविर सञ्चालन गर्ने

ताप्लेजुङ, बैशाख १३ गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिकाले रेविज रोग

अवैध रूपमा सञ्चालनमा रहेका व्यवसायलाई १५ दिनभित्र दर्ता गर्न फुङलिङ नगरपालिकाको आग्रह

ताप्लेजुङ, बैशाख १२ गते । ताप्लेजुङको फुङलिङ नगरपालिकाले दर्ता नगरी

अव्यवस्थित संरचना हटाउन सात दिने अल्टिमेटम

ताप्लेजुङ, बैशाख १२ गते । ताप्लेजुङको फुङलिङ नगरपालिकाले बजार क्षेत्रमा

स्थापना दिवसमा उत्कृष्ट शसस्त्र प्रहरी पुरस्कृत

ताप्लेजुङ, वैशाख ११ गते । शसस्त्र प्रहरी बल नेपाल नम्बर