सुकेपानीमा बेलिब्रिज निर्माणका लागि १५ दिन सवारी आवतजावत बन्द



ताप्लेजुङ, बैशाख १० गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका अन्तर्गत तमोर करिडोर क्षेत्रमा निर्माणाधीन बेलिब्रिजको काम अन्तिम चरणमा पुगेपछि सुकेपानी क्षेत्रमा १५ दिनका लागि सबै प्रकारका सवारी साधन सञ्चालनमा रोक लगाइएको छ । गाउँपालिकाले सार्वजनिक सूचना जारी गर्दै वडा नं. ६ र वडा नं. ७ को संगमस्थल सुकेपानीस्थित तमोर खोलामाथि निर्माण भइरहेको बेलिब्रिजलाई निर्धारित समयमै सम्पन्न गर्न यस्तो निर्णय गरिएको जनाएको हो । 

गाउँपालिकाका अध्यक्ष राजन लिम्बु (मुक्ति) द्वारा जारी सूचनाअनुसार उक्त पुलको निर्माण कार्य वैशाख २५ गतेभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ। निर्माणको अन्तिम चरणमा पुगेको अवस्थामा सो स्थान हुँदै सञ्चालन हुने ट्र्याक्टर लगायत अन्य सवारी साधनका कारण काममा अवरोध पुग्ने र निर्धारित समयमै पुल निर्माण सम्पन्न गर्न कठिनाइ हुने देखिएकाले वैशाख ११ गतेदेखि २५ गतेसम्म सवारी सञ्चालन पूर्णरूपमा बन्द गरिएको हो । 

गाउँपालिकाले यस अवधिमा सुकेपानी क्षेत्र भएर कुनै पनि प्रकारका सवारी साधन सञ्चालन तथा आवतजावत नगर्न सम्बन्धित सबै सरोकारवालालाई अनुरोध गरेको छ। विशेषगरी स्थानीयवासी, ढुवानी व्यवसायी तथा यात्रुहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न र निर्माण कार्यमा सहयोग पु¥याउन आग्रह गरिएको छ । 

तमोर करिडोर क्षेत्रमा निर्माणाधीन उक्त बेलिब्रिज सञ्चालनमा आएपछि फक्ताङलुङ गाउँपालिकाका दुर्गम बस्तीहरूबीच आवतजावत सहज हुनुका साथै स्थानीय उत्पादन बजारसम्म पु¥याउन समेत सहज हुने अपेक्षा गरिएको छ। वर्षायाममा तमोर खोलाको बहाव बढ्दा स्थानीयवासीले लामो समयदेखि जोखिमपूर्ण यात्रा गर्न बाध्य हुँदै आएका थिए । 

प्रकाशित मिति : 6:50 pm

दोभानका आगलागी पीडितलाई ख्रीष्टियन समाजको तीन लाख ७६ हजार राहत

ताप्लेजुङ, कात्तिक २ गते । जिल्ला ख्रीष्टियन समाज ताप्लेजुङले दोभान

ताप्लेजुङमा तीन महिनामै एक करोड बढीको खाद्यान्न बिक्री

ताप्लेजुङ, असोज ३१ गते । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले

फक्ताङलुङमा हिमाली बस्तीमै पुगेर पशु स्वास्थ्य सेवा

ताप्लेजुङ, असोज २९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले भौगोलिक रूपमा

रास्वपाले ताप्लेजुङमा एक्सन टिम गठन गर्‍यो

ताप्लेजुङ असोज २७ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ताप्लेजुङले

कञ्चनजङ्घामा पर्यटकको चहलपहल बढ्यो

ताप्लेजुङ, असोज २७ गते । ताप्लेजुङमा अवस्थित विश्वको तेस्रो अग्लो