सुकेपानीमा बेलिब्रिज निर्माणका लागि १५ दिन सवारी आवतजावत बन्द



ताप्लेजुङ, बैशाख १० गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका अन्तर्गत तमोर करिडोर क्षेत्रमा निर्माणाधीन बेलिब्रिजको काम अन्तिम चरणमा पुगेपछि सुकेपानी क्षेत्रमा १५ दिनका लागि सबै प्रकारका सवारी साधन सञ्चालनमा रोक लगाइएको छ । गाउँपालिकाले सार्वजनिक सूचना जारी गर्दै वडा नं. ६ र वडा नं. ७ को संगमस्थल सुकेपानीस्थित तमोर खोलामाथि निर्माण भइरहेको बेलिब्रिजलाई निर्धारित समयमै सम्पन्न गर्न यस्तो निर्णय गरिएको जनाएको हो । 

गाउँपालिकाका अध्यक्ष राजन लिम्बु (मुक्ति) द्वारा जारी सूचनाअनुसार उक्त पुलको निर्माण कार्य वैशाख २५ गतेभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ। निर्माणको अन्तिम चरणमा पुगेको अवस्थामा सो स्थान हुँदै सञ्चालन हुने ट्र्याक्टर लगायत अन्य सवारी साधनका कारण काममा अवरोध पुग्ने र निर्धारित समयमै पुल निर्माण सम्पन्न गर्न कठिनाइ हुने देखिएकाले वैशाख ११ गतेदेखि २५ गतेसम्म सवारी सञ्चालन पूर्णरूपमा बन्द गरिएको हो । 

गाउँपालिकाले यस अवधिमा सुकेपानी क्षेत्र भएर कुनै पनि प्रकारका सवारी साधन सञ्चालन तथा आवतजावत नगर्न सम्बन्धित सबै सरोकारवालालाई अनुरोध गरेको छ। विशेषगरी स्थानीयवासी, ढुवानी व्यवसायी तथा यात्रुहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न र निर्माण कार्यमा सहयोग पु¥याउन आग्रह गरिएको छ । 

तमोर करिडोर क्षेत्रमा निर्माणाधीन उक्त बेलिब्रिज सञ्चालनमा आएपछि फक्ताङलुङ गाउँपालिकाका दुर्गम बस्तीहरूबीच आवतजावत सहज हुनुका साथै स्थानीय उत्पादन बजारसम्म पु¥याउन समेत सहज हुने अपेक्षा गरिएको छ। वर्षायाममा तमोर खोलाको बहाव बढ्दा स्थानीयवासीले लामो समयदेखि जोखिमपूर्ण यात्रा गर्न बाध्य हुँदै आएका थिए । 

प्रकाशित मिति : 6:50 pm

फक्ताङलुङले राहत कोषमा २६ लाख जम्मा गर्ने

ताप्लेजुङ, भदौ ३० गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले प्रधानमन्त्री दैवी

पाथीभरा याङ्वरकद्धारा एमबीबीएस अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति

सौगात विष्ट ताप्लेजुङ, भदौ ३० गते । ताप्लेजुङको पाथीभरा याङ्वरक

फुङ्लिङ नगरपालिकाद्धारा चार उत्कृष्ट बुहारी सम्मानित

ताप्लेजुङ, भदौ ३० गते । ताप्लेजुङको फुङ्लिङ नगरपालिकाले हरितालिका तीजको

प्रथम कुलकर्ण महिला फुटसलको उपाधि वीरेन्द्रलाई

ताप्लेजुङ, भदौ २८ गते । हरितालिका तीजको अवसरमा ताप्लेजुङमा आयोजित

सिदिङवा गाउँपालिकालाई केन्जोको राजधानी दाबी गर्ने

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको सिदिङवा गाउँपालिकाको १९३ औँ