प्रसिद्ध तीर्थस्थल पाथीभरामा पुनः हिमपात



ताप्लेजुङ, चैत २६ गते । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रमा पुनः हिमपात भएको छ । बुधबार साँझ वर्षासँगै तीन हजार ७९४ मिटर उचाइ रहेको पाथीभरा क्षेत्रमा हिमपात भएको हो ।

बुधबार साँझ सुरु भएको वर्षाको क्रम बिहीबार बिहानसम्म नै कायम रहेको थियो । निरन्तर वर्षासँगै पाथीभरा धाम परिसरमा सेताम्मे हिमपात भएको छ । पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी राजेन्द्र महतका अनुसार बिहीबार बिहानसम्म नै हिमपात भएको छ ।

पाथीभरामा सेताम्मे हिउँ परे पनि हिउँद यामजस्तो असहज नहुने महतले बताउनुभयो । हिमपात र वर्षाका कारण पदयात्रा गर्न साथै पाथीभरा माताको पूजा तथा दर्शन गर्नका लागि लाइनमा बस्नलाई केही असहज भए पनि अत्यधिक चिसोले सताउने, लेक लाग्नेजस्ता समस्या अहिलेको समयमा कम हुने उहाँको भनाइ छ ।

यता हिमपातको क्रम जारी रहे पनि पाथीभरा दर्शन गर्ने भक्तजन उल्लेख्य रूपमा आइरहेका पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ । हिमपात र सामान्य वर्षा नरोकिए पनि बिहीबार बिहानैदेखि भक्तजन छाता ओढेर लाइन लागेर पाथीभराको दर्शन गर्दै आएका समितिका कर्मचारी महतले जानकारी दिनुभयो । पाथीभरा क्षेत्रमा यसअघि पटकपटक हिमपात भएको छ ।

प्रकाशित मिति : 4:53 pm

प्रसिद्ध तीर्थस्थल पाथीभरामा पुनः हिमपात

ताप्लेजुङ, चैत २६ गते । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रमा

रिफाइन गरियो पाथीभरामा दर्शनार्थीले चढाएको सुनचाँदी

ताप्लेजुङ, चैत २६ गते । पाथीभरामा दर्शनार्थीले चढाएको सुनचाँदी प्रशोधन

ताप्लेजुङको आठराई त्रिवेणीमा साताको एक दिन मात्र बिदा

ताप्लेजुङ, चैत २६ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले सातामा

ताप्लेजुङमा कोशी प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगितामा सुरु

ताप्लेजुङ, चैत २६ गते । ताप्लेजुङमा कोशी प्रदेश स्तरीय छैटौँ

महाशिवरात्रि फुटबलको उपाधि तेह्रथुमलाई

ताप्लेजुङ, चैत २२ गते । ताप्लेजुङमा सम्पन्न भएको विशेष महाशिवरात्रि