प्रसिद्ध तीर्थस्थल पाथीभरामा पुनः हिमपात



ताप्लेजुङ, चैत २६ गते । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रमा पुनः हिमपात भएको छ । बुधबार साँझ वर्षासँगै तीन हजार ७९४ मिटर उचाइ रहेको पाथीभरा क्षेत्रमा हिमपात भएको हो ।

बुधबार साँझ सुरु भएको वर्षाको क्रम बिहीबार बिहानसम्म नै कायम रहेको थियो । निरन्तर वर्षासँगै पाथीभरा धाम परिसरमा सेताम्मे हिमपात भएको छ । पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी राजेन्द्र महतका अनुसार बिहीबार बिहानसम्म नै हिमपात भएको छ ।

पाथीभरामा सेताम्मे हिउँ परे पनि हिउँद यामजस्तो असहज नहुने महतले बताउनुभयो । हिमपात र वर्षाका कारण पदयात्रा गर्न साथै पाथीभरा माताको पूजा तथा दर्शन गर्नका लागि लाइनमा बस्नलाई केही असहज भए पनि अत्यधिक चिसोले सताउने, लेक लाग्नेजस्ता समस्या अहिलेको समयमा कम हुने उहाँको भनाइ छ ।

यता हिमपातको क्रम जारी रहे पनि पाथीभरा दर्शन गर्ने भक्तजन उल्लेख्य रूपमा आइरहेका पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ । हिमपात र सामान्य वर्षा नरोकिए पनि बिहीबार बिहानैदेखि भक्तजन छाता ओढेर लाइन लागेर पाथीभराको दर्शन गर्दै आएका समितिका कर्मचारी महतले जानकारी दिनुभयो । पाथीभरा क्षेत्रमा यसअघि पटकपटक हिमपात भएको छ ।

प्रकाशित मिति : 4:53 pm

चीन सरकारले दियो मेरिङ्देनलाई स्काभेटर 

ताप्लेजुङ, कात्तिक ११ गते । ताप्लेजुङको मेरिङ्देन गाउँपालिकाले चीन सरकारबाट

ताप्लेजुङ युके युवा समाजद्धारा क्यान्सर तथा मिर्गौला पीडितलाई आर्थिक सहयोग

ताप्लेजुङ, कात्तिक १० गते । ताप्लेजुङ युके युवा समाज बेलायतले

फङ्फङदेन झरना पर्यटन मेला मंसिर २ देखि, फुटबल विजेतालाई तीन लाख बराबरको अलैँची

ताप्लेजुङ, कात्तिक १० गते । ताप्लेजुङको मिक्वाखोला गाउँपालिकामा आयोजना हुने

दोभानका आगलागी पीडितलाई ख्रीष्टियन समाजको तीन लाख ७६ हजार राहत

ताप्लेजुङ, कात्तिक २ गते । जिल्ला ख्रीष्टियन समाज ताप्लेजुङले दोभान

ताप्लेजुङमा तीन महिनामै एक करोड बढीको खाद्यान्न बिक्री

ताप्लेजुङ, असोज ३१ गते । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले