रिफाइन गरियो पाथीभरामा दर्शनार्थीले चढाएको सुनचाँदी



ताप्लेजुङ, चैत २६ गते । पाथीभरामा दर्शनार्थीले चढाएको सुनचाँदी प्रशोधन (रिफाइन) गरिएको छ । करिब दुई वर्षको अवधिसम्म पाथीभरामा भक्तजनले चढाएको सुन तथा चाँदी रिफाइन गरिएको हो ।

पाथीभरा मन्दिरको रेखदेख तथा संरक्षणका लागि नेपाल सरकारद्वारा गठन भएको पाथीभरा क्षेत्र विकास समितिले सुन तथा चाँदी प्रशोधन गरेको छ । समितिका जिन्सी शाखा प्रमुख इन्द्र पौडेलका अनुसार वि. सं. २०८० साल पुष २५ गतेदेखि २०८२ साल फागुन २५ गते सम्म मन्दिरमा चढाइएको सुनचाँदी सङ्कलन गरि रिफाइन गरिएको हो । जिल्लामा रहेको सुनचाँदी व्यवसायीहरूको संस्था पाथीभरा सुनचाँदी कला व्यवसायी सङ्घको प्राविधिक सहयोगमा रिफाइन गरिएको समितिले जनाएको छ ।

करिब २६ महिनाको अवधिमा सङ्कलन भएको ६७ तोला सुन र ४३ केजी चाँदी रिफाइन गरिएको समितिका सूचना अधिकारी नवीन निरौलाले जानकारी दिनुभयो । ६७ तोला सुनलाई प्रशोधन गर्दा ५० तोला ८५ लाल तौल बराबरको चौबीस क्यारेट (एक नम्बरी) बनेको समितिको सुनचाँदी व्यवस्थापन उपसमितिका संयोजक चेतराज घिमिरेले बताउनुभयो । उहाँका अनुसार करिब ४३ किलोग्राम चाँदी रिफाइन गर्दा दुई हजार ५४ तोला ३५ लाल तौल बराबरको चौबीस क्यारेट चाँदी बनेको छ ।

यसअघि नै रिफाइन भएको एक सय ७८ तोला ८२ लाल सुन समितिले भण्डार गरि राखेको छ । जुन सुन लिलामीका लागि पाँचौँ पटक सूचना जारी गर्दा समेत कसैको आवेदन नपरेको समितिले जनाएको छ । पाँच हजार दुई सय ९८ तोला १२ लाल चाँदी भने चौथो पटक सूचना जारी गर्दा लिलामी भएको समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले जानकारी दिनुभयो । उहाँका अनुसार गत पुष २९ गते प्रतितोला चार हजार तीन सय रुपियाँको दरले चाँदी लिलामी भएको छ । लिलामीबाट समितिलाई प्राप्त भएको रकम पाथीभरा मन्दिरको विकास तथा संरक्षणको निम्ति खर्च गर्ने योजना रहेको उहाँको भनाइ छ ।

जिन्सी शाखा प्रमुख पौडेलका अनुसार पुरानो र तत्काल रिफाइन गरिएको जम्मा दुई सय २९ तोला ६७ लाल सुन र दुई हजार ५४ तोला ३५ लाल चाँदी समितिले विभिन्न सरोकारवालाको रोहबरमा सिलबन्दी गरि भण्डारण गरेको छ । त्यस्तै दर्शनार्थीले मन्दिरमा चढाएको त्रिशूल, घण्टी, तामा समेत गोदाममा भण्डारण गरि राखिएको जनाइएको छ ।

भण्डारणमा रहेका सुनचाँदी लिलामीका लागि नयाँ कार्यविधि तयार गरि तत्काल बिक्री वितरण गर्ने तयारी भइरहेको कार्यकारी निर्देशक हाङबाङको भनाइ रहेको छ । पछिल्लो समयमा सुनको भाउमा भइरहेको उत्तारचढावका कारण पटकपटक सूचना जारी गर्दा समेत लिलामी हुन नसकेकाले थप कार्यविधि तयार पार्ने योजना समितिसँग रहेको हाङबाङले बताउनुभयो ।

प्रकाशित मिति : 4:46 pm

प्रथम कुलकर्ण महिला फुटसलको उपाधि वीरेन्द्रलाई

ताप्लेजुङ, भदौ २८ गते । हरितालिका तीजको अवसरमा ताप्लेजुङमा आयोजित

सिदिङवा गाउँपालिकालाई केन्जोको राजधानी दाबी गर्ने

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको सिदिङवा गाउँपालिकाको १९३ औँ

बेपत्ता भएको छ दिनपछि महिला मृत फेला

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–१ निगुरादिनकी

अमिर राई सिदिङवाको पर्यटन दूत घोषित

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको सिदिङवा गाउँपालिकाले पर्यटन व्यवसायी

तिम्बुङ पोखरी ट्रेल रनमा दुई पत्रकार पुरस्कृत

ताप्लेजुङ, भदौ २६ गते । तिम्बुङ पोखरी अन्तर्राष्ट्रिय ट्रेल रन