सांसद थेबेले पहिलो महिनाको पारिश्रमिक आगेपा आधारभूत विद्यालयलाई प्रदान गर्ने



ताप्लेजुङ, चैत १३ गते । ताप्लेजुङबाट निर्वाचित प्रतिनिधिसभा सदस्य क्षितिज थेबेले आफ्नो पहिलो महिनाको पारिश्रमिक आगेपा आधारभूत विद्यालयलाई प्रदान गर्ने हुनुभएको छ । प्रतिनिधिसभा सदस्यको रूपमा बिहीबार शपथ ग्रहण गरेलगत्तै सांसद थेबेले पहिलो महिनाको पारिश्रमिक सिदिङवा गाउँपालिकाको आगेपा आधारभूत विद्यालयको जग्गा व्यवस्थापन र भवन निर्माणमा सहयोग गर्ने निर्णय गर्नुभएको हो ।

विद्यालयका बालबालिकाको उज्ज्वल भविष्य निर्माणमा सकारात्मक आधार तयार पार्ने विश्वासका साथ आफ्नो पारिश्रमिक सहयोग गर्ने उहाँले बताउनुभएको छ । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा एमालेका उम्मेदवार थेबे एक मात्र निर्वाचन क्षेत्र रहेको ताप्लेजुङमा १३ हजार ७६२ मतसहित निर्वाचित हुनुभएको थियो । उहाँले नेपाली काँग्रेस ताप्लेजुङका सभापति गजेन्द्रप्रसाद तुम्याहाङलाई २ हजार २५१ मतान्तरले पराजित गर्नुभएको थियो । निर्वाचनमा १३ राजनीतिक दलका १३ जना उम्मेदवार प्रतिस्पर्धामा थिए ।

निर्वाचनपछि थेबेले आफ्नो क्षेत्रमा पुगेर हावाहुरीका कारण क्षति पुगेका सार्वजनिक तथा निजी संरचनाको अवलोकन गर्नुभएको थियो । साथै सिदिङवा र सिरीजङ्घा गाउँपालिकाका मतदातासँग भेटघाट गर्दै धन्यवाद ज्ञापन समेत गर्नुभएको थियो ।

निर्वाचनका क्रममा नै उक्त विद्यालयको अवस्थाबारे जानकारी लिनुभएका उहाँले निर्वाचित भएपछि स्थलगत अध्ययन गरी सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको हो ।

प्रकाशित मिति : 10:09 am

ताप्लेजुङमा चार दिनमा ९५ क्विन्टल चिनी बिक्री

ताप्लेजुङ, असोज २० गते । ताप्लेजुङमा चार दिनको अवधिमा खाद्य

एक करोडको शैक्षिक अक्षयकोष स्थापना

ताप्लेजुङ, असोज १८ गते । केत्तकुम लिबाङ पाङ्पत सयङले एक

ताप्लेजुङमा देउवा समूहले प्रदेशसभा र स्थानीय तहका संयोजक तोक्यो

ताप्लेजु, असोज १९ गते । नेपाली कांग्रेसको देउवा समूहले ताप्लेजुङका

फक्ताङलुङमा विद्यार्थीलाई विद्यालय फर्काउने अभियान, पढाइ छाडेका मनिष पुनः विद्यालय फर्किए

ताप्लेजुङ, असोज १९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले अभिभावक शिक्षा

खेबाङमा खेलकुद महोत्सव हुने

ताप्लेजुङ, असोज १८ गते । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका–५ खेबाङमा आगामी