सरकारले जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने



ताप्लेजुङ, चैत १२ गते । प्रधानमन्त्री सुशीला कार्कीले विभिन्न समयमा तयार गरिएका तीन महत्वपूर्ण दस्तावेज सार्वजनिक गर्ने निर्णय गरेकी छन् ।

कार्कीले भदौ २३ र २४ गते भएका घटनासम्बन्धी जाँचबुझ आयोग, २०८२ को प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेकी हुन् । उक्त प्रतिवेदन संघीय संसद सचिवालयको पुस्तकालयमा अभिलेखका रूपमा राखेर सार्वजनिक गरिने निर्णय गरिएको छ ।

यसअघि मंगलबार उनले नेपाल बाल संगठन तथा बालमन्दिरसँग सम्बन्धित उच्चस्तरीय जाँचबुझ आयोग, २०७७ को प्रतिवेदन पनि सार्वजनिक गर्ने निर्णय गरेकी थिइन् । सो प्रतिवेदन पनि संघीय संसद सचिवालयको पुस्तकालयमा अभिलेख राखिने बताइएको थियो।

त्यसैगरी, प्रधानमन्त्री कार्कीले गत चैत ३ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट तयार गरिएको सुशासन मार्गचित्र, २०८२ कार्यान्वयनको प्रक्रिया अघि बढाउने निर्णय गरेको प्रधानमन्त्रीको प्रेस सल्लाहकार रामबहादुर रावलले जानकारी दिए । उक्त मार्गचित्र सम्बन्धित निकायमार्फत सार्वजनिक गरिने जनाइएको थियो ।

प्रकाशित मिति : 6:22 am

केबलकारको विरोधमा अन्तरक्रिया कार्यक्रम 

ताप्लेजुङ, जेठ ६ गते । प्रसिद्ध शक्ति पीठ पाथीभरा मन्दिर

ओझागाउँ आधारभूत विद्यालयको नयाँ भवन उद्‌घाटन

सौगात विष्टताप्लेजुङ, जेठ ५ गते । ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–२ खोक्लिङस्थित

फुङ्लिङ–याम्फुदिन–कञ्चनजङ्घा बेस क्याम्प सडक कालोपत्रे कार्यको शिलान्यास

ताप्लेजुङ, जेठ ४ गते । ताप्लेजुङको फुङ्लिङ (तोक्मेडाँडा)–दोखु–कामीडाँडा–थेचम्बु–चाक्सिबोटे–खाम्देम्बे–तेल्लोक–याम्फुदिन हुँदै कञ्चनजङ्घा

केबलकार विरोधी आन्दोलन फिर्ता लिन आग्रह

ताप्लेजुङ, जेठ २ गते । पाथीभरा देवी (मुकुम्लुङ) केबलकार आयोजनाको

पूर्वगृहमन्त्री सुधन गुरुङमाथि छानबिन गर्न समिति गठन

ताप्लेजुङ, जेठ १ गते । सरकारले पूर्व गृहमन्त्री सुधन गुरुङ्ग