आठराई त्रिवेणीले अनुदानमा कृषि कार्यक्रम सञ्चालन गर्ने



ताप्लेजुङ, चैत २ गते । ताप्लेजुङको आठराई त्रिबेणी गाउँपालिकाले अनुदानमा कृषि प्रर्वद्धन कार्यक्रम सञ्चालन गर्ने भएको छ । गाउँपालिकाले ५० देखि ८५ प्रतिशतसम्मको अनुदानमा ६२ लाख रुपियाँ बराबरको कृषि प्रर्वद्धन कार्यक्रम सञ्चालन गर्ने भएको हो ।

पालिकाका ५ वटै वडामा अलैँची बाली नयाँ पकेट विकास कार्यक्रम सञ्चालन गरिने निमित्त प्रमुख प्रशासकीय अधिकृत समिर प्रधानले जानकारी दिनुभएको छ । राष्ट्रिय कृषि आधुनिकीकारण परियोजना, परियोजना कार्यान्वयन इकाईको मापदण्डमा आधारित रहेर सञ्चालन हुने १२ लाख रुपियाँ बजेटको यो कार्यक्रममा ५० देखि ८५ प्रतिशतसम्म अनुदानको व्यवस्था भएको पालिकाले जनाएको छ ।

वडा नं. १,२ र ३ मा सञ्चालन हुने सुन्तला बिस्तार कार्यक्रममा पालिकाले १० लाख रुपियाँ बजेट खर्च गर्ने भएको छ । कोशी प्रदेश सरकार उद्योग, कृषि तथा सहकारी मन्त्रालयबाट स्थानीय तहमा वित्तीय हस्तान्तरणमार्फत सर्शत अनुदान कार्यक्रम मार्गदर्शन बमोजिम यो कार्यक्रमका लागि ५० प्रतिशत अनुदानको व्यवस्था गरिएको छ ।

आठराई त्रिबेणी गाउँपालिकाको वडा नं. २, ३ र ४ मा सञ्चालन हुने अलैँची खेती प्रर्वद्धन कार्यक्रमका लागि ५० प्रतिशत अनुदानको व्यवस्था गरिएको पालिकाले जनाएको छ । ४० लाख रुपियाँ बजेट रहेको उक्त कार्यक्रम कोशी प्रदेश सरकार उद्योग, कृषि तथा सहकारी मन्त्रालयबाट स्थानीय तहमा वित्तीय हस्तान्तरण मार्फत सर्शत अनुदान कार्यक्रम मार्गदर्शन बमोजिम सञ्चालन हुन लागेको पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रधानले जानकारी दिनुभयो ।

प्रकाशित मिति : 12:13 pm

पाथीभरामा फागुनमा ३१ लाख बढी भेटी सङ्कलन

ताप्लेजुङ, फागुन ३० गते । प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर (मुक्कुमलुङ)

समाजसेवी गुरुङ दम्पतीद्वारा एक लाख बढि रकम अक्षयकोषमा जम्मा

ताप्लेजुङ, चैत्र १ गते । समाजसेवी दम्पतीले विपन्न तथा असहाय

आठराई त्रिवेणीले अनुदानमा कृषि कार्यक्रम सञ्चालन गर्ने

ताप्लेजुङ, चैत २ गते । ताप्लेजुङको आठराई त्रिबेणी गाउँपालिकाले अनुदानमा

ताप्लेजुङमा नेकपा एमालेका क्षितिज थेवे विजयी

ताप्लेजुङ, फागुन २३ गते । ताप्लेजुङमा नेकपा एमालेका उम्मेद्वार क्षितिज

ताप्लेजुङमा मतगणना सुरु

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा मतगणना सुरु भएको छ