पाथीभरा दर्शन गर्न आएका वृद्ध बेपत्ता



ताप्लेजुङ, फागुन १७ गते । प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरको दर्शनका लागि आउनुभएका एक जना वृद्ध बेपत्ता हुनुभएको छ । गत फागुन ८ गते पाथीभरा मन्दिर दर्शनका लागि आउनुभएका झापाको कमल गाउँपालिका–५ का टङकबहादुर खड्का बेपत्ता हुनुभएको हो । 

६५ वर्षीय खड्का पाथीभरा मन्दिर पुगेको तर, त्यहाँबाट नफर्किएको पारिवारिक स्रोतले जानकारी दिएको छ । उनको खोजी कार्य तीव्र बनाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवं सूचना अधिकारी जटाशङ्कर यादवले जानकारी दिनुभयो । 

पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले दुई दिनसम्म खोजी गर्दा पनि नभेटिएको पाथीभराका कर्मचारी राजेन्द्र महतले जानकारी दिनुभयो । पाथीभरा क्षेत्रमा हिउँ भएकाले अहिले खोजी कार्यमा समस्या आएको छ ।

प्रकाशित मिति : 6:25 am

नापी कार्यालय ताप्लेजुङद्वारा झण्डै दोब्बर राजश्व सङ्कलन

ताप्लेजुङ, साउन १० गते । नापी कार्यालय ताप्लेजुङले झण्डै दोब्बर

कफी खेती विस्तारका लागि मैवाखोलामा निःशुल्क बिरुवा वितरण

ताप्लेजुङ, साउन १० गते । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले कफी खेती

मेची राजमार्गको सडक सीमा पुनरावलोकन गर्न अनुरोध

ताप्लेजु, साउन ९ गते । ताप्लेजुङको फुङ्लिङ नगरपालिकाले मेची राजमार्गअन्तर्गत

ताप्लेजुङको लिटल बुद्ध आवासीय माध्यमिक विद्यालयद्वारा फेरि भेटौँला कार्यक्रम सम्पन्न

सौगात विष्ट ताप्लेजुङ, साउन ७ गते । ताप्लेजुङको लिटल बुद्ध

दुर्गादल गुल्मका गुल्मपति उमेश खड्काको सरुवा

ताप्लेजुङ, साउन ६ गते । ताप्लेजुङका दुर्गादल गुल्मका गुल्मपति उमेश