ताप्लेजुङमा मादक पदार्थ बिक्री वितरण तथा सेवनमा प्रतिबन्ध



ताप्लेजुङ, फागुन १५ गते । ताप्लेजुङमा मादक पदार्थ बिक्री वितरण तथा सेवनमा प्रतिबन्ध लगाइएको छ । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले मादक पदार्थ बिक्री वितरण तथा सेवनमा प्रतिबन्ध लगाएको हो ।

निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, मर्यादित, निष्पक्ष, विश्वसनीय तथा भयरहित वातावरणमा सम्पन्न गराउने उद्देश्यसहित मादक पदार्थ बिक्री वितरण तथा सेवनमा प्रतिबन्ध लगाइएको जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले जनाएको छ । ताप्लेजुङको सहायक प्रमुख जिल्ला अधिकारी यादव भट्टराईले जारी गर्नुभएको सूचना अनुसार यही फागुन १४ गतेदेखि निर्वाचनको अन्तिम परिणाम घोषण नभएसम्म मादक पदार्थ बिक्री वितरण तथा सेवनमा प्रतिबन्ध लगाइएको हो ।

जारी सूचनामा उच्च स्तरीय निर्वाचन सुरक्षा समितिको फागुन १२ गते बसेको निर्णय समेतका आधारमा जिल्लाभर सबै प्रकारका मादक पदार्थ बिक्री वितरण तथा सेवनमा प्रतिबन्ध लगाइएको उल्लेख गरिएको छ । सूचना विपरीत ओसारपसार तथा सेवन गरेको पाइएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने सहायक प्रमुख जिल्ला अधिकारी भट्टराईले जानकारी दिनुभयो ।

प्रकाशित मिति : 7:07 pm

ताप्लेजुङमा मादक पदार्थ बिक्री वितरण तथा सेवनमा प्रतिबन्ध

ताप्लेजुङ, फागुन १५ गते । ताप्लेजुङमा मादक पदार्थ बिक्री वितरण

निर्वाचन सामग्रीसहित मतदान अधिकृत प्रस्थान

ताप्लेजुङ, फागुन १५ गते । ताप्लेजुङको चार हिमाली बस्तीका निर्वाचन

ताप्लेजुङमा पत्रकारलाई आचारसंहिता तालिम 

सौगात विष्टताप्लेजुङ, फागुन १४ गते । ताप्लेजुङमा पत्रकार आचारसंहिता तथा

पाथीभरामा हिमपात

ताप्लेजुङ, फागुन १२ गते । ताप्लेजुङमा रहेको प्रसिद्ध तीर्थस्थल पाथीभरा

आज ग्याल्पो ल्होसार : सार्वजनिक बिदा

ताप्लेजुङ, फागुन ६ गते । शेर्पा समुदायले आज विभिन्न कार्यक्रम