ताप्लेजुङमा मादक पदार्थ बिक्री वितरण तथा सेवनमा प्रतिबन्ध



ताप्लेजुङ, फागुन १५ गते । ताप्लेजुङमा मादक पदार्थ बिक्री वितरण तथा सेवनमा प्रतिबन्ध लगाइएको छ । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले मादक पदार्थ बिक्री वितरण तथा सेवनमा प्रतिबन्ध लगाएको हो ।

निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, मर्यादित, निष्पक्ष, विश्वसनीय तथा भयरहित वातावरणमा सम्पन्न गराउने उद्देश्यसहित मादक पदार्थ बिक्री वितरण तथा सेवनमा प्रतिबन्ध लगाइएको जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले जनाएको छ । ताप्लेजुङको सहायक प्रमुख जिल्ला अधिकारी यादव भट्टराईले जारी गर्नुभएको सूचना अनुसार यही फागुन १४ गतेदेखि निर्वाचनको अन्तिम परिणाम घोषण नभएसम्म मादक पदार्थ बिक्री वितरण तथा सेवनमा प्रतिबन्ध लगाइएको हो ।

जारी सूचनामा उच्च स्तरीय निर्वाचन सुरक्षा समितिको फागुन १२ गते बसेको निर्णय समेतका आधारमा जिल्लाभर सबै प्रकारका मादक पदार्थ बिक्री वितरण तथा सेवनमा प्रतिबन्ध लगाइएको उल्लेख गरिएको छ । सूचना विपरीत ओसारपसार तथा सेवन गरेको पाइएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने सहायक प्रमुख जिल्ला अधिकारी भट्टराईले जानकारी दिनुभयो ।

प्रकाशित मिति : 7:07 pm

ताप्लेजुङ युके युवा समाजद्धारा क्यान्सर तथा मिर्गौला पीडितलाई आर्थिक सहयोग

ताप्लेजुङ, कात्तिक १० गते । ताप्लेजुङ युके युवा समाज बेलायतले

फङ्फङदेन झरना पर्यटन मेला मंसिर २ देखि, फुटबल विजेतालाई तीन लाख बराबरको अलैँची

ताप्लेजुङ, कात्तिक १० गते । ताप्लेजुङको मिक्वाखोला गाउँपालिकामा आयोजना हुने

दोभानका आगलागी पीडितलाई ख्रीष्टियन समाजको तीन लाख ७६ हजार राहत

ताप्लेजुङ, कात्तिक २ गते । जिल्ला ख्रीष्टियन समाज ताप्लेजुङले दोभान

ताप्लेजुङमा तीन महिनामै एक करोड बढीको खाद्यान्न बिक्री

ताप्लेजुङ, असोज ३१ गते । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले

फक्ताङलुङमा हिमाली बस्तीमै पुगेर पशु स्वास्थ्य सेवा

ताप्लेजुङ, असोज २९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले भौगोलिक रूपमा