डिजिटल वक्तृत्वकलामा विद्वता पोखरेल प्रथम



ताप्लेजुङ, फागुन २ गते । ताप्लेजुङको पाथिभरा बहुमुखी क्याम्पसमा सञ्चालन भएको खुला डिजिटल वक्तृत्वकला प्रतियोगितामा विद्वता पोखरेल प्रथम हुनुभएको छ । पाथीभरा क्षेत्र विकास समितिको आर्थिक सहयोग र स्वतन्त्र विद्यार्थी युनियन पाथिभरा बहुमुखी क्याम्पसको आयोजनामा सञ्चालन भएको उक्त प्रतियोगितामा पोखरेल प्रथम हुनुभएको हो ।

शुक्रबार सम्पन्न भएको समापन तथा पुरस्कार बितरण कार्यक्रममा पोखरेल पहिलो हुनुभएको स्वतन्त्र विद्यार्थी युनियन क्याम्पस उपाध्यक्ष रोशन साउदेनले जानकारी दिनुभयो । उहाँका अनुसार द्वितीय टेरिसा गुरागाईं, तृतीय अरुणा कडरिया र सान्त्वना सिकुम लिम्बू हुनुभएको छ । प्रतियोगिता अन्र्तगत प्रथम हुनुभएका पोखरेलले २५ हजार, द्वितीय हुनुभएका गुरागाँईले १५ हजार, तृतीय हुनुभएका कडरियाले १० हजार र सान्त्वना हुनुभएका लिम्बुले ५ हजार नगदका साथ प्रशंसापत्र पाउनुभएको छ ।

प्रसिद्ध तीर्थस्थल पाथिभरा मन्दिरलाई प्रभावकारी बनाउन “पाथिभरा देवी – श्रद्धा, संस्कृति र पर्यटनको केन्द्र” शीर्षकमा प्रतियोगितामा सञ्चालन गरिएको थियो । सहभागीले आफ्नो प्रस्तुतीको भिडियो बनाएर समाजिक सञ्जाल मार्फत सार्वजनिक गरेका थिए । सामाजिक सञ्जालमा आएको लाइक, कमेन्ट, सेयर र भ्युजका आधारमा ४० प्रतिशत अङ्क प्रदान गरिएको थियो भने बाँकी विषयवस्तु केन्द्रित अङ्क प्रदान गरिएको हो ।

प्रतियोगितामा जिल्लाभरका करिब ३० जनाले सहभागिता जनाएका थिए । पाथीभरा बहुमुखी क्याम्पसको सभाहलमा सम्पन्न भएको कार्यक्रममा फुङलिङ नगरपालिकाका प्रमुख अमिर मादेन, पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङ, क्याम्पस प्रमुख सजन पौडेल लगायतले पुरस्कार र प्रशंसापत्र बितरण गर्नुभएको थियो ।

प्रकाशित मिति : 6:04 am

प्रथम कुलकर्ण महिला फुटसलको उपाधि वीरेन्द्रलाई

ताप्लेजुङ, भदौ २८ गते । हरितालिका तीजको अवसरमा ताप्लेजुङमा आयोजित

सिदिङवा गाउँपालिकालाई केन्जोको राजधानी दाबी गर्ने

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको सिदिङवा गाउँपालिकाको १९३ औँ

बेपत्ता भएको छ दिनपछि महिला मृत फेला

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–१ निगुरादिनकी

अमिर राई सिदिङवाको पर्यटन दूत घोषित

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको सिदिङवा गाउँपालिकाले पर्यटन व्यवसायी

तिम्बुङ पोखरी ट्रेल रनमा दुई पत्रकार पुरस्कृत

ताप्लेजुङ, भदौ २६ गते । तिम्बुङ पोखरी अन्तर्राष्ट्रिय ट्रेल रन