प्रधानमन्त्री कार्की ताप्लेजुङ आउँदै



सौगात विष्ट 
ताप्लेजुङ, माघ २९ गते । प्रधानमन्त्री शुसिला कार्की ताप्लेजुङ आउने हुनुभएको छ । प्रधानमन्त्री कार्की शुक्रबार ताप्लेजुङ आउनुहुने भएको हो । 

प्रधानमन्त्री कार्कीले आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचनमा हुने समस्या, चुनौति र त्यसका समाधानका विषयमा जिल्लाका निर्वाचन अधिकृत र सबै सुरक्षा दलका प्रमुखहरू सँग छलफल गर्ने हुनुभएको स्रोतले जनाएको छ । पछिल्लो समय प्रधानमन्त्री कार्की हिमाली र दुर्गम जिल्लामा रहेका निर्वाचन क्षेत्रको स्थलगत अनुगमन तथा भ्रमण व्यस्त हुनुहुन्छ । 

हिमाली तथा दुर्गम क्षेत्रमा २१ गते नै निर्वाचन हुने सम्भावना कम भएको आशङ्का भइरहेको अवस्थामा प्रधानमन्त्री कार्कीले भने देशैभर एकै पटक निर्वाचन गराउने प्रतिबद्धता व्यक्त गर्दै आउनुभएको छ । 

प्रकाशित मिति : 7:39 pm

प्रधानमन्त्री कार्की ताप्लेजुङ आउँदै

सौगात विष्ट ताप्लेजुङ, माघ २९ गते । प्रधानमन्त्री शुसिला कार्की ताप्लेजुङ

ताप्लेजुङका एक युवाद्वारा नेटिभटाइप डट कम वेभ एप्लिकेशन सार्वजनिक

ताप्लेजुङ, माघ २८ गते । ताप्लेजुङका एक युवाले नेटिभटाइप डट

कञ्चनजङ्घा आधार शिविरको सरसफाइ

ताप्लेजुङ, माघ २७ गते । ताप्लेजुङको कञ्चनजङ्घा आधार शिविर क्षेत्रको

याक्थुङ समुदायको पहिचान र संघर्षको कथा बोकेको सिनेमा “तवाबा” प्रदर्शनको तयारीमा

काठमाडौं । याक्थुङ (लिम्बू)समुदायको ऐतिहासिक पहिचान, सामाजिक यथार्थता, सास्कृतिक पृष्ठभुमि