महाशिवरात्रि फुटबलको उपाधि तेह्रथुमलाई



ताप्लेजुङ, चैत २२ गते । ताप्लेजुङमा सम्पन्न भएको विशेष महाशिवरात्रि फुटबल प्रतियोगिताको उपाधि तेह्रथुमले चुमेको छ ।मैवाखोला गाउँपालिका–३ साँघुमा शनिबार सम्पन्न भएको प्रतियोगितामा धनकुटालाई पराजित गर्दै तेह्रथुमले उपाधि चुमेका हो ।

फाइनल खेलमा धनकुटाको साँगुरीगढीलाई ३–२ गोल अन्तरले पराजित गर्दै तेह्रथुमको म्याङ्लुङ स्पोर्टिङ क्लबले उपाधि हात पारेको आयोजक संस्था जलजले क्लबले जनाएको छ । जितका लागि तेह्रथुमका समीर राईले पहिलो गोल गर्दा धीरज लिम्बुले दोस्रो तथा डिम्पल भण्डारीले निर्णायक गोल गर्नु भएको थियो ।

विजेता बनेसँगै तेह्रथुमले नगद दुई लाख ६१ हजार १११ रुपियाँ सहित ट्रफी प्राप्त गर्दा उपविजेता धनकुटाले नगद एक लाख ३१ हजार १११ रुपियाँमा चित्त बुझाएको छ । गत चैत्र १७ गतेबाट सुरु भएको प्रतियोगितामा ताप्लेजुङ, सङ्खुवासभा, धनकुटा र तेह्रथुमका आठ टिमको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : 6:25 am

आइएमई लाइफ इन्स्योरेन्सद्धारा ताप्लेजुङका समता विद्यालयलाई १ लाख आर्थिक सहयोग

ताप्लेजुङ, साउन २१ । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले एक

फुङलिङ नगरपालिकाले ८ वटा वडाको सार्वजनिक सुनुवाइ कार्यक्रम गर्ने

ताप्लेजुङ, असार १७ गते । ताप्लेजुङको फुङलिङ नगरपालिकाले सार्वजनिक कार्यक्रम

फुङलिङ–६ को वडा कार्यालय भवन उद्‌घाटन

ताप्लेजुङ, असार १७ गते । ताप्लेजुङको फुङलिङ नगरपालिका ६ नम्बर

फुङलिङ नगरपालिकाद्वारा आधिकारिक लोगो छनोट 

ताप्लेजुङ, असार १७ गते । ताप्लेजुङको फुङलिङ नगरपालिकाले आफ्नो आधिकारिक