घरेलुद्धारा ग्राफिक डिजाइन तथा वेभ डेभलपमेन्ट सम्बन्धी तालिमका लागि ६० विद्यार्थी छनोट  



सौगात विष्ट

ताप्लेजुङ, माघ १३ गते । घरेलु तथा साना उद्योग कार्यालय ताप्लेजुङले ग्राफिक डिजाइन तथा वेभ डेभलपमेन्ट सम्बन्धी तालिम सिकाइका लागी ६० विद्यार्थी छनोट गरेको छ । कार्यालयले ग्राफिक डिजाइनका लागी ३० जना र वेभ डेभलपमेन्टका लागि ३० जना गरी जम्मा ६० जना विद्यार्थी छनोट गरेको हो । 

आर्थिक वर्ष २०८२/८३ को वार्षिक स्वीकृत कार्यक्रम अन्तरगत उक्त तालिम सञ्चालन गर्ने भएको घरेलु तथा साना उद्योग कार्यालय ताप्लेजुङका प्रमुख लक्ष्मी सुहाङले जानकारी दिनुभयो । उहाँका अनुसार तालिमा बुधबारबाट ताप्लेजुङमा रहेको एक मात्र आईटी एकेडेमीमा सुरु हुने छ । 

तालिम १५० दिन सञ्चालन गरिने छ । यस अघि नै तालिमका लागी भनी १५ दिनको म्यादमा दरखास्त आह्वान गरिएको थियो । सोही अनुसार प्राप्त भएको आवेदन मार्फत ६० जना विद्यार्थी छनोट गरिएको घरेलु तथा साना उद्योग कार्यालय ताप्लेजुङले जनाएको छ । 

प्रकाशित मिति : 5:06 pm

ताप्लेजुङ युके युवा समाजद्धारा क्यान्सर तथा मिर्गौला पीडितलाई आर्थिक सहयोग

ताप्लेजुङ, कात्तिक १० गते । ताप्लेजुङ युके युवा समाज बेलायतले

फङ्फङदेन झरना पर्यटन मेला मंसिर २ देखि, फुटबल विजेतालाई तीन लाख बराबरको अलैँची

ताप्लेजुङ, कात्तिक १० गते । ताप्लेजुङको मिक्वाखोला गाउँपालिकामा आयोजना हुने

दोभानका आगलागी पीडितलाई ख्रीष्टियन समाजको तीन लाख ७६ हजार राहत

ताप्लेजुङ, कात्तिक २ गते । जिल्ला ख्रीष्टियन समाज ताप्लेजुङले दोभान

ताप्लेजुङमा तीन महिनामै एक करोड बढीको खाद्यान्न बिक्री

ताप्लेजुङ, असोज ३१ गते । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले

फक्ताङलुङमा हिमाली बस्तीमै पुगेर पशु स्वास्थ्य सेवा

ताप्लेजुङ, असोज २९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले भौगोलिक रूपमा