प्रथम शहिद कप माघ १६ गतेदेखी हुने




ताप्लेजुङ । ताप्लेजुङको मिक्वाखोला गाउँपालिकामा प्रथम सहिद कप हुने भएको छ । योङ कम्युनिष्ट लिग (वाईसिएल) मिक्वाखोला गाउँपालिकाको आयोजनामा शहिद दिवसको अवसरमा माघ १६ गते देखी २१ गतेसम्म अन्तरपालिका स्तरीय पुरुष फुटवल प्रतियोगिता हुन लागेको हो । प्रतियोगिताको विजेता हुने टिमले १ लाख ५१ हजार १ सय ११ रुपैँया र उपविजेता हुने टिमले १ लाख १ सय ११ रुपैँयाका साथमा ट्रफि मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ ।

प्रतियोगितामा जिल्लाका ८ वटा टिमको सहभागीता रहने र सबै खेल मिक्वाखोला गाउँपालिका–४ स्थित थलङ खेल मैदानमा हुने खेल संयोजक रणध्वज थलङले बताउनुभयो । उहाँका अनुसार खेल अन्तरपालिका स्तरीय हुने भएतापनि ३ जना खेलाडी पालिका बाहिरका खेलाउन पाईने आयोजकले जनाएको छ ।

१० वर्षे जनयुद्धका ताप्लेजुङ जिल्लाको पहिलो सहिद नरेन्द्र थलङ (सिडमान) र मिक्वाखोला गाउँपालिकाका सहिदहरूको स्मरण तथा सम्झाना स्वरूप साथै खेलकुदको माध्यमद्धारा पालिकाको पर्यटकीय क्षेत्रलाई समेत टेवा पुयाउने उदेश्यले प्रतियोगिता सञ्चालन गर्न लागिएको मिक्वाखोला गाउँपालिका उपाध्यक्ष डण्डु शेर्पाले बताउनुभयो ।

प्रकाशित मिति : 10:00 am

चीन सरकारले दियो मेरिङ्देनलाई स्काभेटर 

ताप्लेजुङ, कात्तिक ११ गते । ताप्लेजुङको मेरिङ्देन गाउँपालिकाले चीन सरकारबाट

ताप्लेजुङ युके युवा समाजद्धारा क्यान्सर तथा मिर्गौला पीडितलाई आर्थिक सहयोग

ताप्लेजुङ, कात्तिक १० गते । ताप्लेजुङ युके युवा समाज बेलायतले

फङ्फङदेन झरना पर्यटन मेला मंसिर २ देखि, फुटबल विजेतालाई तीन लाख बराबरको अलैँची

ताप्लेजुङ, कात्तिक १० गते । ताप्लेजुङको मिक्वाखोला गाउँपालिकामा आयोजना हुने

दोभानका आगलागी पीडितलाई ख्रीष्टियन समाजको तीन लाख ७६ हजार राहत

ताप्लेजुङ, कात्तिक २ गते । जिल्ला ख्रीष्टियन समाज ताप्लेजुङले दोभान

ताप्लेजुङमा तीन महिनामै एक करोड बढीको खाद्यान्न बिक्री

ताप्लेजुङ, असोज ३१ गते । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले