प्रथम शहिद कप माघ १६ गतेदेखी हुने




ताप्लेजुङ । ताप्लेजुङको मिक्वाखोला गाउँपालिकामा प्रथम सहिद कप हुने भएको छ । योङ कम्युनिष्ट लिग (वाईसिएल) मिक्वाखोला गाउँपालिकाको आयोजनामा शहिद दिवसको अवसरमा माघ १६ गते देखी २१ गतेसम्म अन्तरपालिका स्तरीय पुरुष फुटवल प्रतियोगिता हुन लागेको हो । प्रतियोगिताको विजेता हुने टिमले १ लाख ५१ हजार १ सय ११ रुपैँया र उपविजेता हुने टिमले १ लाख १ सय ११ रुपैँयाका साथमा ट्रफि मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ ।

प्रतियोगितामा जिल्लाका ८ वटा टिमको सहभागीता रहने र सबै खेल मिक्वाखोला गाउँपालिका–४ स्थित थलङ खेल मैदानमा हुने खेल संयोजक रणध्वज थलङले बताउनुभयो । उहाँका अनुसार खेल अन्तरपालिका स्तरीय हुने भएतापनि ३ जना खेलाडी पालिका बाहिरका खेलाउन पाईने आयोजकले जनाएको छ ।

१० वर्षे जनयुद्धका ताप्लेजुङ जिल्लाको पहिलो सहिद नरेन्द्र थलङ (सिडमान) र मिक्वाखोला गाउँपालिकाका सहिदहरूको स्मरण तथा सम्झाना स्वरूप साथै खेलकुदको माध्यमद्धारा पालिकाको पर्यटकीय क्षेत्रलाई समेत टेवा पुयाउने उदेश्यले प्रतियोगिता सञ्चालन गर्न लागिएको मिक्वाखोला गाउँपालिका उपाध्यक्ष डण्डु शेर्पाले बताउनुभयो ।

प्रकाशित मिति : 10:00 am

तिम्बुङ पोखरी ट्रेल रनमा दुई पत्रकार पुरस्कृत

ताप्लेजुङ, भदौ २६ गते । तिम्बुङ पोखरी अन्तर्राष्ट्रिय ट्रेल रन

तिम्बुङ अन्तर्राष्ट्रिय ट्रेल रनमा सञ्जय राई प्रथम

ताप्लेजुङ, भदौ २६ गते । तेस्रो अन्तर्राष्ट्रिय तिम्बुङ ट्रेल रन

स्थापना दिवसमा याःलाङ (फोटो फिचर) 

ताप्लेजुङ, भदौ २१ गते । किराँत याक्थुङ चुम्लुङको ३८ औँ

प्रेस युनियन ताप्लेजुङको अध्यक्षमा फुरुम्बो

ताप्लेजुङ, भदौ २१ गते । नेपाल प्रेस युनियन ताप्लेजुङको अध्यक्षमा

ताप्लेजुङ गोल्डकपको भाग्यमानी दर्शक विशाल लिम्बू 

ताप्लेजुङ, भदौ २० गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिकाका विशाल लिम्बू