ईजाजत प्राप्त हातहतियार बुझाउन ताप्लेजुङ प्रशासनको आग्रह



ताप्लेजुङ । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले इजाजत प्राप्त हातहतियार स्थानीय प्रशासनलाई बुझाउन अनुरोध गरेको छ । प्रमुख जिल्ला अधिकारी शिवराज शेढाईले सोमबार एक सूचना जारी गर्दै आगामी फाल्गुन २१ गते हुने प्रतिनीधि सभाको निर्वाचनलाई शान्तिपुर्ण र भय रहित तवरबाट सम्पन्न गराउन जिल्लाभित्र रहेका इजाजत प्राप्त हातहतियार धनिलाई हातहतियार बुझाउन अनुरोध गर्नुभएको हो ।

सुचनामा यहि माघ २० गतेसम्म आफुलाई पायक पर्ने नजिकको प्रहरी इकाई मार्फत जिल्ला प्रहरी कार्यालयमा हातहतियार बुझाउन अनुरोध गरिएको छ । यसरी बुझाईएका हातहतियार निर्वाचन सकिएको एक महिना पश्चात फिर्ता पाईने प्रमुख जिल्ला अधिकारी शेढाईले बताउनुभयो । अनुमति प्राप्त गरी राखिएका हतियारबाट निर्वाचनको समयमा शान्ति सुरक्षामा खलल पुग्न सक्ने भन्दै प्रशासनले हतियार बुझाउन आग्रह गरेको हो।

सुचना हेर्नुहोस:

प्रकाशित मिति : 8:17 pm

चीन सरकारले दियो मेरिङ्देनलाई स्काभेटर 

ताप्लेजुङ, कात्तिक ११ गते । ताप्लेजुङको मेरिङ्देन गाउँपालिकाले चीन सरकारबाट

ताप्लेजुङ युके युवा समाजद्धारा क्यान्सर तथा मिर्गौला पीडितलाई आर्थिक सहयोग

ताप्लेजुङ, कात्तिक १० गते । ताप्लेजुङ युके युवा समाज बेलायतले

फङ्फङदेन झरना पर्यटन मेला मंसिर २ देखि, फुटबल विजेतालाई तीन लाख बराबरको अलैँची

ताप्लेजुङ, कात्तिक १० गते । ताप्लेजुङको मिक्वाखोला गाउँपालिकामा आयोजना हुने

दोभानका आगलागी पीडितलाई ख्रीष्टियन समाजको तीन लाख ७६ हजार राहत

ताप्लेजुङ, कात्तिक २ गते । जिल्ला ख्रीष्टियन समाज ताप्लेजुङले दोभान

ताप्लेजुङमा तीन महिनामै एक करोड बढीको खाद्यान्न बिक्री

ताप्लेजुङ, असोज ३१ गते । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले