ईजाजत प्राप्त हातहतियार बुझाउन ताप्लेजुङ प्रशासनको आग्रह



ताप्लेजुङ । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले इजाजत प्राप्त हातहतियार स्थानीय प्रशासनलाई बुझाउन अनुरोध गरेको छ । प्रमुख जिल्ला अधिकारी शिवराज शेढाईले सोमबार एक सूचना जारी गर्दै आगामी फाल्गुन २१ गते हुने प्रतिनीधि सभाको निर्वाचनलाई शान्तिपुर्ण र भय रहित तवरबाट सम्पन्न गराउन जिल्लाभित्र रहेका इजाजत प्राप्त हातहतियार धनिलाई हातहतियार बुझाउन अनुरोध गर्नुभएको हो ।

सुचनामा यहि माघ २० गतेसम्म आफुलाई पायक पर्ने नजिकको प्रहरी इकाई मार्फत जिल्ला प्रहरी कार्यालयमा हातहतियार बुझाउन अनुरोध गरिएको छ । यसरी बुझाईएका हातहतियार निर्वाचन सकिएको एक महिना पश्चात फिर्ता पाईने प्रमुख जिल्ला अधिकारी शेढाईले बताउनुभयो । अनुमति प्राप्त गरी राखिएका हतियारबाट निर्वाचनको समयमा शान्ति सुरक्षामा खलल पुग्न सक्ने भन्दै प्रशासनले हतियार बुझाउन आग्रह गरेको हो।

सुचना हेर्नुहोस:

प्रकाशित मिति : 8:17 pm

तिम्बुङ पोखरी ट्रेल रनमा दुई पत्रकार पुरस्कृत

ताप्लेजुङ, भदौ २६ गते । तिम्बुङ पोखरी अन्तर्राष्ट्रिय ट्रेल रन

तिम्बुङ अन्तर्राष्ट्रिय ट्रेल रनमा सञ्जय राई प्रथम

ताप्लेजुङ, भदौ २६ गते । तेस्रो अन्तर्राष्ट्रिय तिम्बुङ ट्रेल रन

स्थापना दिवसमा याःलाङ (फोटो फिचर) 

ताप्लेजुङ, भदौ २१ गते । किराँत याक्थुङ चुम्लुङको ३८ औँ

प्रेस युनियन ताप्लेजुङको अध्यक्षमा फुरुम्बो

ताप्लेजुङ, भदौ २१ गते । नेपाल प्रेस युनियन ताप्लेजुङको अध्यक्षमा

ताप्लेजुङ गोल्डकपको भाग्यमानी दर्शक विशाल लिम्बू 

ताप्लेजुङ, भदौ २० गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिकाका विशाल लिम्बू