ताप्लेजुङमा काँग्रेसबाट गजेन्द्र प्रसाद तुम्याहाङको उम्मेदवारी पक्का




रेडियो काबेली
ताप्लेजुङ । आगामी फाल्गुन २१ गते हुने प्रतिनीधिसभा निर्वाचनका लागि नेपाली काँग्रेस पार्टीको तर्फबाट ताप्लेजुङमा गजेन्द्र प्रसाद तुम्याहाङको उम्मेद्धवारी पक्का भएको छ । सोमबार काँग्रेसका सभापति गगन थापाले नेताहरुसँगको छलफलपछि ताप्लेजुङमा तुम्याहाङलाई टिकट दिएसँगै उम्मेद्धवारी पक्का भएको हो ।विशेष महाधिवेशनको विवादले काँग्रेसमा आन्तरिक द्धन्द्धका बिच नेताहरु उम्मेद्धवारी टुङ्ग्याउन जुटेका छन् । काँगे्रसले आज ताप्लेजुङ सहित १७ निर्वाचन क्षेत्रमा उम्मेद्धवारीको टुङ्गो लगाएको छ ।

ताप्लेजुङबाट तुम्याहाङको नाम एकल सिफारिस भएको थियो । यस अघि नेपका एमोलको तर्फबाट क्षितिज थेबे, नेपाली कम्युनिष्ट पार्टीको तर्फबाट खेल प्रसाद बुढाक्षेत्री पराग, राष्ट्रिय स्वतन्त्र पार्टीबाट ईन्जिनियर वीरेन्द्र श्रेष्ठको उम्मेद्धवारी टुङ्गो लागेको छ । यो सँगै प्रतिनीधिसभा निर्वाचनमा ताप्लेजुङमा भने एउटै सिरिजंघा गाउँपालिकाका उम्मेदवार बिच प्रतिस्पर्धा हुने भएको छ ।

प्रकाशित मिति : 7:01 pm

तिम्बुङ पोखरी ट्रेल रनमा दुई पत्रकार पुरस्कृत

ताप्लेजुङ, भदौ २६ गते । तिम्बुङ पोखरी अन्तर्राष्ट्रिय ट्रेल रन

तिम्बुङ अन्तर्राष्ट्रिय ट्रेल रनमा सञ्जय राई प्रथम

ताप्लेजुङ, भदौ २६ गते । तेस्रो अन्तर्राष्ट्रिय तिम्बुङ ट्रेल रन

स्थापना दिवसमा याःलाङ (फोटो फिचर) 

ताप्लेजुङ, भदौ २१ गते । किराँत याक्थुङ चुम्लुङको ३८ औँ

प्रेस युनियन ताप्लेजुङको अध्यक्षमा फुरुम्बो

ताप्लेजुङ, भदौ २१ गते । नेपाल प्रेस युनियन ताप्लेजुङको अध्यक्षमा

ताप्लेजुङ गोल्डकपको भाग्यमानी दर्शक विशाल लिम्बू 

ताप्लेजुङ, भदौ २० गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिकाका विशाल लिम्बू