ताप्लेजुङमा काँग्रेसबाट गजेन्द्र प्रसाद तुम्याहाङको उम्मेदवारी पक्का




रेडियो काबेली
ताप्लेजुङ । आगामी फाल्गुन २१ गते हुने प्रतिनीधिसभा निर्वाचनका लागि नेपाली काँग्रेस पार्टीको तर्फबाट ताप्लेजुङमा गजेन्द्र प्रसाद तुम्याहाङको उम्मेद्धवारी पक्का भएको छ । सोमबार काँग्रेसका सभापति गगन थापाले नेताहरुसँगको छलफलपछि ताप्लेजुङमा तुम्याहाङलाई टिकट दिएसँगै उम्मेद्धवारी पक्का भएको हो ।विशेष महाधिवेशनको विवादले काँग्रेसमा आन्तरिक द्धन्द्धका बिच नेताहरु उम्मेद्धवारी टुङ्ग्याउन जुटेका छन् । काँगे्रसले आज ताप्लेजुङ सहित १७ निर्वाचन क्षेत्रमा उम्मेद्धवारीको टुङ्गो लगाएको छ ।

ताप्लेजुङबाट तुम्याहाङको नाम एकल सिफारिस भएको थियो । यस अघि नेपका एमोलको तर्फबाट क्षितिज थेबे, नेपाली कम्युनिष्ट पार्टीको तर्फबाट खेल प्रसाद बुढाक्षेत्री पराग, राष्ट्रिय स्वतन्त्र पार्टीबाट ईन्जिनियर वीरेन्द्र श्रेष्ठको उम्मेद्धवारी टुङ्गो लागेको छ । यो सँगै प्रतिनीधिसभा निर्वाचनमा ताप्लेजुङमा भने एउटै सिरिजंघा गाउँपालिकाका उम्मेदवार बिच प्रतिस्पर्धा हुने भएको छ ।

प्रकाशित मिति : 7:01 pm

चीन सरकारले दियो मेरिङ्देनलाई स्काभेटर 

ताप्लेजुङ, कात्तिक ११ गते । ताप्लेजुङको मेरिङ्देन गाउँपालिकाले चीन सरकारबाट

ताप्लेजुङ युके युवा समाजद्धारा क्यान्सर तथा मिर्गौला पीडितलाई आर्थिक सहयोग

ताप्लेजुङ, कात्तिक १० गते । ताप्लेजुङ युके युवा समाज बेलायतले

फङ्फङदेन झरना पर्यटन मेला मंसिर २ देखि, फुटबल विजेतालाई तीन लाख बराबरको अलैँची

ताप्लेजुङ, कात्तिक १० गते । ताप्लेजुङको मिक्वाखोला गाउँपालिकामा आयोजना हुने

दोभानका आगलागी पीडितलाई ख्रीष्टियन समाजको तीन लाख ७६ हजार राहत

ताप्लेजुङ, कात्तिक २ गते । जिल्ला ख्रीष्टियन समाज ताप्लेजुङले दोभान

ताप्लेजुङमा तीन महिनामै एक करोड बढीको खाद्यान्न बिक्री

ताप्लेजुङ, असोज ३१ गते । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले